२०८२ बैशाख २१, आईतबार | Sun, 04, May, 2025

विकास निर्माणमा समय दिन नसके राजनीतिक करियर सकिन्छ—खरेल‚ सुनकोशी पाँचखाल खानेपानीको नेतृत्वमा पुन कुमार


५५१३ पाठक संख्या
  • २०८२ बैशाख २१, आईतबार मा प्रकाशित ५ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा सञ्चालित पाँचखाल शहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत सुनकोशी पाँचखाल खानेपानी उपभोक्ता समितिको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।

    पाँचखाल नगरका प्रमुख एवं सुनकोशी पाँचखाल खानेपानी आयोजनाका प्रमुख संरक्षक महेश खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

     

    सुनकोशी पाँचखाल खानेपानी उपभोक्ता समितिको दोस्रो साधारण सभाको उद्‌घाटन गर्दै नगर प्रमुख खरेलले सुनकोशीबाट पाँचखालमा आउदैगरेको पानी पाँचखालको आमा हो । आमाको संरक्षण गर्न गठन हुने कार्यसमितिले राम्रोसँग समय नदिएमा राजनीतिक करियर सकिने बताउनु भयो । आमा रुपि खानेपानी आयोजना खेलवाड गर्ने अधिकार कसैलाई छैन । प्रमुख अतिथि खरेलले भन्नुभयो ।

    कार्यक्रममा प्रमुख अतिथि मेयर खरेलले थप्नुभयो—खानेपानी आयोजनाको विषयमा अन्यत्र जस्तो विवाद पाँचखालमा छैन । पाँचखालमा सञ्चालित खानेपानी आयोजनाको लागि  सवै दलहरुसंग समन्वय गरेर अगाडि बढेका छौं । पाँचखालको विकासको लागि दलगद विवाद छैन ‚ पाँचखाल वादको रुपमा विकास निर्माणमा एकजुट भएर अगाडि बढेको छ । विकास निर्माणको बारेमा कसैले पनि मैले ल्यायको भनेर भनिरहनु पर्दैन सवै पक्षको सहयोगमा विकास गरेका छौं । चुनावमा आ—आफ्नो चुनाव चिन्हमा चुनाव लड्छौँ तर विकासको लागि सबै एकजुट भएर अगाडि बढेका छौं ।

    सुनकोशी पाँचखाल खानेपानी उपभोक्ता समितिको अध्यक्ष कुमार प्रसाद लामिछानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पाँचखाल नगरपालिका उपमेयर सुर्य माया दनुवार‚ सल्लाहकार एवं पुर्व गृह सचिव जनार्दन नेपाल ‚ सल्लाहकारहरू रामशरण लुँइटेल ‚ दामोदर अधिकारी ‚ डा.अरुण काफ्ले ‚ कुमार प्रसाद खकुरेल ‚ कन्चन अधिकारी ‚ नेपाली काँग्रेस पाँचखाल नगर समिति संयोजक एवं पाँचखाल नगरका प्रवक्ता संजय  तामाङ ‚ पाँचखाल वडा नं ४ का वडा अध्यक्ष सुन्दर तमाङ‚ नेकपा एमाले पाँचखाल नगर समिति सचिव राधा कृष्ण श्रेष्ठ ‚ नेकपा माओवादी केन्द्र पाँचखाल नगर समितिका अध्यक्ष रमेश गिरी ‚ एकीकृत समाजवादी अध्यक्ष एवं पाँचखाल वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    सुनकोशी पाँचखाल खानेपानी उपभोक्ता समितिको सचिव चेत प्रसाद गौतमले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष रविन्द्र राज सिपखानले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा खानेपानी उपभोक्ता समितिलाई विभिन्न तहबाट सहयोग पुर्‍याउनुहुने सहकारीहरू साथै समाज सेविहरुलाई सम्मान गरिएको थियो भने कार्यसमिति सदस्य श्याम बहादुर विश्वकर्माले धन्यवाद मन्तव्य दिनुभएको थियो ।

    खानेपानी उपभोक्ता समितिको दोस्रो साधारण सभाबाट कुमार प्रसाद लामिछानेले पुन अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको छ । जसको उपाध्यक्षमा रमेश राज गिरी ‚ सचिव पुष्कर ढकाल ‚ कोषाध्यक्ष लक्ष्मी दनुवार ‚ र सदस्यहरुमा केदार नाथ घिमिरे र निरु नेपाल निर्विरोध चयन हुनुभएको छ । ९ सदस्यिय कार्य समिति मध्य ३ सदस्य कार्यसमितिको बैठकबाट मनोनित गरिने भएको छ । कुल लागत एक अर्व ४९ करोड २० हजार ३३९ को लागतमा सुरुभएको उक्त आयोजनाको लागि एसियाली विकास बैंक बाट ७० प्रतिशत ‚ नगर विकास कोष माफर्त ऋण लगानी २५ प्रतिशत र उपभोक्ताहरुबाट ५ प्रतिशत नगद जम्मा गरेका छन् ।

    आयोजना सुरुवातीको क्रममा हाल सम्म ९८ प्रतिशत कार्य सम्पन्न भएको छ । जसमा ३ हजार ८ सय घरधुरिमा मिटर जडान ‚ ४ हजार ६ सय घरधुरीमा मिटर जडान र करिव २ हजार घरधुरीको धारामा पानी खसिसकेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु