काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुरमा टिपर दुर्घटना हुदा घटनास्थलमै एकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुसार आज (आइतवार) विहान ३ बजेको समयमा बालुवा लोड गरी फर्कने क्रममा दुर्घटना भएको हो ।
मण्डनदेउपुर नगरपालिका वडा नं ७ स्थित इन्द्रवती बगरमा बालुवा लोड गरी फर्कने क्रममा वा ४ ख ३३६३ नं को टिपर उकालोमा जाँदै गर्दा ब्याक भई दुर्घटना हुदा सडकबाट एक सय तल पुगेको थियो ।
उक्त टिपरका चालक नुवाकोट सुर्यगडी गाउंपालिका वडा नं ७ घर भएका बर्ष ४८ को लवकुश अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस