२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

नक्कली जग्गाधनिको कव्जामा रहेको जग्गाको ३५ बर्षपछि २६ घरपरिवारले पाए पुर्जा


१२९२३ पाठक संख्या
  • २०८२ बैशाख ३०, मंगलबार मा प्रकाशित ९ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं १० र १२ का जग्गा धनिको ३५ बर्ष अगाडिबाट नक्कली जग्गाधनिको कव्जामा रहेको जग्गा लामो समय सम्मको प्रयासपछि वास्तविक जग्गाधनिले आफ्नो जग्गाको पुर्जा पाएका छन् ।

    साविक देवभूमी बालुवा गाबिस हाल पाँचखाल नगरपालिका वडा नं १० र १२ मा पर्ने करिव ६५ रोपनि जग्गा चन्द्रध्वज खाँडको नाउमा भुलवस नापी भएकोले स्थानिय जग्गावालाहरुले जग्गा धनि पुर्जा बनाउन सकेका थिएनन् ।

    आफुहरुको जग्गा नापीको समएमा अरुकै नाममा नापी भएकोले वास्तविक जग्गा धनिले जग्गा धनि पुर्जा नपाएपछि सम्बन्धित निकायमा लामो हार गुहार पश्चात पुर्जा पाएका हुन् । स्थानिय समाजसेवी रत्न प्रसाद लुईटेलको अगुवाईमा उक्त पुर्जा बन्ने कार्य भएको थियो ।

    चन्द्रध्वज खाँडको नाउमा दर्ता भएको करिव ६५ रोपनि जग्गा मध्य हाल करिव २७ रोपनिको पुर्जा बनेको छ । जस्ले गर्दा केही स्थानियहरु सुकुम्वासि हुनुवाट जोगिएकाछन् । पहिलो चरणमा बनेको पुर्जा एक कार्यक्रमको आयोजना गरि पाँचखाल नगरका मेयर महेश खरेलको हातबाट २६ जना जग्गा धनिलाई पुर्जा वितरण गरेको थियो । पुर्जा बन्न बाँकी रहेका जग्गाको दर्ता प्रकृया अन्तिम चरणमा पुगेको जानकारी प्राप्त भएको छ ।

    स्थानियको जग्गा भुलवस चन्द्रध्वज खाँडको नाउमा दर्ता भएको जानकारी हुनासाथ स्थानिय समाजसेवी रत्नप्रसाद लुइटेलले अगुवाई गर्दै आउनु भएको थियो । आफ्नो घरघडेरी समेत अरुले दर्ता गरेको भन्दै पिडितहरुले पुर्व शिक्षामन्त्री राजेन्द्र खरेललाई जानकारी गराएका थिए । सो जटिल समस्याको बारेमा आफुले सघाउने बाचा गर्दै सो कार्य सम्पन्न गर्नको लागि रत्नप्रसाद लुईटेललाई जिम्मेवारी दिईएको थियो ।

    पुर्व शिक्षा मन्त्री खरेलले दिएको जिम्मेवारी पुर्ण गर्न करिव ३५ बर्षसम्म निरन्तर लागिरहनु भएका समाजसेवी रत्न प्रसाद लुईटेलले ६५ रोपनि मध्यको करिव २७ रोपनि जग्गाको पुर्जा बनेपछि पुर्व शिक्षा मन्त्री खरेलको छोरा पाँचखाल नगरका मेयर महेश खरेलको हातबाट पुर्जा वितरण गरिएको थियो ।

    जग्गा वालाहरुले आफ्नो अधिकारको जग्गाको पुर्जा बनाउ पाउनुपर्ने माग राख्दै २०७५ साल कार्तिक २१ गते देवभूमी स्थित आजाद माविमा छलफल कार्यक्रमको आयोजना गरिएको थियो । सो छलफल कार्यक्रममा सक्कली जग्गावालाहरुको जग्गा हडप्ने नाउमा भूमाफियाको पहलमा नक्कलि चन्द्रध्वज खाँड खडा गरि उनको छोरी नजिकको हकदारको दावा गर्दै माधुरी राणाले भोगचलन गर्नेलाई जग्गा दिने भन्दै भ्रम छर्ने कार्य समेत भएको थियो । विभिन्न बाहाना बनाउदै वास्तविक जग्गावालाहरुलाई दुख दिने नियत गर्दै गर्दा समाजसेवि लुईटेलको निरन्तर प्रयासमा भूमाफिया समेतको गुट अन्तत परास्त हुन बाध्य भए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार