काभ्रेपलाञ्चोक । नेपालमा कुल मतदाताको संख्या एक करोड ८१ लाख ४८ हजार ६५४ पुगेको छ ।
मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम २०८१ चैत मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएका नागरिकहरूको विवरणलाई मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि आयोगको वेवसाइटमा प्रकाशित गरी अनलाइन तथा निर्वाचन कार्यालय मार्फत नामावलीमा त्रुटिभएको भए सच्याउन, कुनै व्यक्तिको विरोधमा उजुरी दिनु पर्ने भए उजुरी दिन, कुनै मतदाताको एक भन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा मात्र नाम कायम राख्न तथा मृत्यु भएका एवम् नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउने गरी सूचना प्रकाशित गरिएको थियो ।
सो बमोजिमको सम्पूर्ण प्रक्रिया पूरा भएकोले आयोगबाट अन्तिम मतदाता नामावली प्रकाशन गर्ने गरी बैशाख ३१ मा निर्णय भएको छ । आयोगको निर्णय बमोजिम महिला मतदाता ८९,१०,८९६, पुरुष मतदाता ९२,३७,५७२, अन्य मतदाता १८६ गरीतत्काल जम्मा १,८१,४८,६५४ को मतदाता नामावलीमा अन्तिम मतदाता नामावली कायम भएको छ ।
२०८१ साल कात्र्तिक २६ मा प्रकाशित मतदाता नामावली अनुसार महिला मतदाता ८९,०३,१९७, पुरुष मतदाता ९२,२५,४४८, अन्य मतदाता १८७ गरी जम्मा १,८१,२८,८३२ मतदाताको अन्तिम मतदाता नामावली कायम भएको थियो । विगतमा प्रकाशित मतदाता नामावलीभन्दा हाल प्रकाशित मतदाता नामावलीमा अन्य मतदाता एक जना घटी १८६ कायम भएतापनि महिला मतदाता ७,६९९ र पुरुष मतदाता १२,१२४ थप भई जम्मा १९,८२२ जना मतदाता थप भएका छन् । सम्बन्धित व्यक्तिले आफ्नो मतदाता नामावली हेर्न सकिने गरी मतदाता नामावली आयोगको वेवसाइट धधध।भभिअतष्यल।नयख।लउमा प्रकाशन गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस