२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

सामुदायिक विद्यालयमा प्रविधिमैत्री ढङ्गबाट पढाइ हुने


१०४०१ पाठक संख्या
  • २०८२ जेष्ठ ७, बुधबार मा प्रकाशित ८ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा रहेका सामुदायिक सामुदायिक विद्यालयहरूमा प्रविधिको माध्यमबाट शिक्षा प्रदान गर्ने सुरुवात भएको छ ।

    आज (बुधवार) नगरपालिकाको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा नगरका मेयर महेश खरेलले पाँचखालमा रहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई आधुनिक गुणस्तरीय शिक्षा प्रदानको लागि पेडागोजी टेक्नोलोजीहरू अपनाएर शिक्षा प्रदान गरिने बताउनु भयो ।

    कार्यक्रममा मेयर खरेलले थप्नुभयो— विद्यार्थीहरुले आफ्नो मोवाईल‚ ल्यापटप तथा टिभीमा भिजिवेल हेरेको आधारमा शिक्षा हासिल गर्न पाउने भएका छन् । पाँचखालमा रहेको १३ सामुदायिक माध्यमिक विद्यालय र एक गुठि विद्यालयमा सुरुवातीमा कक्षा १० देखि कक्षा १२ सम्म उक्त ढंगको शिक्षा प्रदान गरिने छ । सो नयाँ प्रविधिबाट प्रदान गरिने शिक्षाको लागि नगरपालिकाले ९ लाख ३० हजार बजेटको व्यवस्था गरिने छ । कुनै विद्यालयमा टेलिभिजनको व्यवस्था नभएका सो को समेत व्यवस्था गरि प्रविधिमैत्री ढङ्गबाट शिक्षा प्रदान गरिने छ । मेयर खरेलले भन्नुभयो ।

    त्यसैगरी अन्तरक्रिया कार्यक्रममा पाँचखाल शिक्षा शाखा प्रमुख उदय कोइरालाले नगरमा रहेका सबै विद्यालयमा इन्टरनेटको सुविधा पुर्याएको बताउनु भयो । पाँचखालको सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदानको लागि प्रविधि मैत्री ढङ्गबाट शिक्षा प्रदान गरिने तयारी गरेका छौँ । सयम सुहाउँदो शिक्षा प्रदान गर्दै जानुपर्ने आजको आवश्यकता अनुसार लेक्चर दिएर दिने शिक्षामा क्रमश सुधार ल्याउँदै शिक्षक र विद्यार्थिमा सिक्ने र सिकाउने इच्छाशक्तिमा विकासको लागि प्रविधि मैत्री ढङ्गको शिक्षाको सुरुवात पाँचखाल नगरले गरेको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार