काभ्रेपलाञ्चोक । डे्रगी रोग नियन्त्रणको लागि काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा खोज र नष्ट गरको अभियान थालिने भएको छ ।
आज (बुधवार) पाँचखाल नगरपालिकाको हलमा डेंगी रोग सम्बन्धी सरोकारवालाहरूसँग भएको अभिभुखिकरण कार्यक्रममा उक्त जानकारी गराएको हो ।
पाँचखाल नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रका डा. दिपक ढकालले डेङ्गी रोगको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले सन २००४ बाट देखापरेको उक्त रोग दिनपर दिन बढ्दो अवस्थामा रहेको बताउनु भयो । नेपालमा १ लाख भन्दा बडीलाई डेङ्गी रोगले आक्रमण गरिसकेको बताउँदै गत वर्ष काभ्रेपलाञ्चोक जिल्लामा चार शय ८३ जनामा सङ्क्रमण भएको बताउँदै नियन्त्रणको लागि प्रयास गर्न जरुरी रहेको बताउनुभयो ।
यो रोग गर्मी ठाउमा मात्र नभएर जुनसुकै ठाउमा हुन सक्छ । गत वर्ष सम्ममा नेपालको ७६ जिल्लामा देखापरेको थियो । अन्य लामखुट्टे जस्तो जङ्गलमा बस्न रुचाउने नभई डेङ्गी रोग फैलाउने लामखुट्टे घरमा बस्न रुचाउँछ । यस्तो लामखुट्टेले उज्यालोमा टोक्छ त्यसैले गर्दा बिहानदेखि साँझपख सम्म सतर्कता अपनाउन जरुरी रहने हुन्छ । यस्तो रोगको कुनै औषधी नहुनेभएकोले बिरामीको उचित ढङ्गबाट हेरचाह गर्नुपर्ने हुन्छ । डा. ढकालले भन्नुभयो । उहाँले थप्नुभयो—घरको छतमा राखिएको भाँडाकुँडा ‚ गमला ‚ घरवरिपरी पानी जम्ने भाँडाहरुका डेङ्गी फैलाउने लामखुट्टेले अण्डा पार्नुहुँदै त्यस्ता ठाउँहरूको निगरानी राख्नु पर्छ ।
कार्यक्रममा पाँचखाल नगर स्वास्थ्य शाखा प्रमुख कोपिला कार्कीले डेगी रोग नियन्त्रणको लागि अभियान चलाउने बताउनु भयो । उहाँले थप्नुभयो —पाँचखालका स्थानीय साथै जनप्रतिनिधिहरूको सहकार्यमा रोग फैलाउने लामखुट्टेको खोज र नष्टगरको अभियान चलाएर नगरवासीमा रोग लाग्न नदिने प्रयास गर्ने बताउनुभयो ।
पाँचखाल नगर स्वास्थ्य शाखाका उज्ज्वल अधिकारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रका डा.अमर दिप भारतीले डेंगी रोग नियन्त्रणको लागि अभियानमा सहकार्य गर्ने बताउनु भए । स्वास्थ्य शाखाका विष्णु गौतमले कार्यक्रमको बारेमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मीहरू ‚ नगरका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस