२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

कालोपत्रे सडक बनेकोमा मेयर खरेललाई आशीर्वादको ओइरो


९८५५ पाठक संख्या
  • २०८२ जेष्ठ ११, आईतबार मा प्रकाशित ८ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको कृषि नगरीको रुपमा परिचित पाँचखाल नगरपालिका वडा नं २ मा कालोपत्रे सडक बनेकोमा स्थानीय आमाहरू खुसि हुंदै मेयर महेश खरेललाई आशीर्वाद दिनेहरूको ओइरो लागेको छ ।

    पाँचखाल वडा नं २ द्वारे डिही हुँदै २ नं वडा कार्यालय सम्मको करिव चार किलोमिटर सडक कालोपत्रे (आस्पाल) हुदै गर्दा स्थानीय आमाहरू अति हषिर्त हुँदै पाँचखाल नगरपालिका मेयर महेश खरेल लाई चौतारोमा बसेर आशीर्वाद दिनेहरूको ओइरो लागेको छ । स्थानीय ८० बषिर्या हिरा देवी दाहालले भन्नुभयो —पाँचखाल नगरमा मेयर महेश खरेलले जित्दा निकै खुसी लागेको थियो साथै विकास निर्माण कार्य हुन्छ भन्ने आशा लागेको थियो । हामी बुडी हरुले बाटो बनाउन भनेका थियौ आज पुरा भयो । गाउँ ठाउको विकास गर्नेको भलो रहोस् ‚ सँधै उच्च स्थानमा पुग्न शकुन ‚ बाटोका कारण हामीले दुख पाएपनि छोरा नातिले सुख पाएको हेर्न पाएकोमा खुसी छु । ८० बषिर्या आमाले दुई हात जोड्दै हषिर्त मुद्रामा मेयर खरेललाई आशीर्वाद दिदै भन्नुभयो ।

    आमाहरूले दिएको आशीर्वाद लिँदै मेयर खरेलले पाँचखालका प्रत्तेक ठूला बस्तीहरूमा यस्तै खालको गुणस्तरीय सडक बनाउने बताउनुभयो । समपूरक बजेट माफर्त निर्माण गर्नुपर्ने सडक मध्य पहिलो प्राथमिकता यस सडकलाई दिएका हौं । यस सडक निर्माण हुँदा पाँचखाल बनेपाको लागि वैकल्पिक सडक साथै पर्यटन व्यवसायलाई समेत टुवा पुग्छ । यस भेगको सडक गुणस्तरीय बन्दा पाँचखाल वडा नं १ मा रहेको भ्यूटावर बाट दृश्यावलोकन गर्न सहज हुनाको साथै कृषि पर्यटनको विकासमा टेवा मिल्छ । कृषिको लागि उर्वरा भूमिको रुपमा रहेको अनेकोटका उत्पादन भएको कृषि उपजहरूको बजारिकरणमा समेट टेवा मिल्ने कारणले यस सडकलाई गुणस्तरीय बनाउनको लागि छनोट गरेउ । मेयर खरेलले भन्नुभयो ।

    पाँचखाल नगरपालिका र बागमती प्रदेश सरकारको समपूरक बजेटबाट पाँचखाल नगरपालिकाले छनोट गरेको सो सडकको लागि २ करोड ९१ लाख बजेट व्यवस्था भएकोमा बुवासे निर्माणसेवा प्रा.लि ले कुल बजेटमा १९ प्रतिशत बिलोमा टेन्डर हाली २ करोड ३६ लाखमा निर्माण कार्य हुदै गरेको निर्माण व्यवसायी टिकाराम दुलालले जानकारी गराउनु भयो । उहाँले भन्नुभयो सम्झौतामा भए अनुसार असार २० गते सम्म समय छ तर सम्झौताको समय भन्दा ४० दिन अगाडिनै काम सम्पन्न हुन्छ । मैले गरेको कामलाई राम्रोसँग मल्याङ्कन गर्ने हो भने पुरस्कृत हुनुपर्ने । विकास निर्माण कार्यमा स्थानीय साथै जनप्रतीनिधिहरुको पुर्ण रुपमा साथ सहयोग मिलेको छ । निर्माण व्यवसायी दुलालले भन्नुभयो ।

    सडक निर्माणको बिष्यलाई लिएर स्थानीय युवा एवं समाजसेवि विनय सापकोटाले स्थानियको भविस्य निर्माणमा टेवा मिलेको वताउनु भयो । बनेपा जाने बैकलिपक सडकको रुपमा रहेको यो सडक निर्माणले अटो मेसन फिक्स गरेर कृषिमा यान्त्रिकरण जोडेर होमस्टे सञ्तनलन गर्छौं । पाँचखालले विकास प्रेमी नेतृत्व पाएको छ । मेयर महेश खरेल जत्तिकै विकास प्रेमी नेतृत्व आगामी दिनमा पाँचखालले पाउछकी पाउंदैन भन्ने चिन्ता छ । जसरी मेयर खरेलले युवाहरुको भावना बुझ्दै उत्पे्ररणा जगाउंदै विकास निर्माणमा योगदान गर्नुभयो यस्तो कार्यलाई आगामि नेतृत्वहरुले पनि निरन्तरता दिन जरुरी रहन्छ । स्थानीय युवा सापकोटाले भन्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार