काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा डेङ्गी रोग लगाउने लामखुट्टे नष्ट गर्ने अभियानमा पाँचखाल नगरपालिकाले अग्रसरता जनाएको छ ।
पाँचखाल नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज (शुक्रवार) नगरको प्रमुख बजार क्षेत्रमा डेगी फैलाउने लामखुट्टेको सम्भावित वासस्थानको खोजी गर्दै नष्ट गर्ने अभियान चलाएको हो ।
पाँचखाल नगरपालिका स्वास्थ्य शाखामा कार्यरत सम्पूर्ण कर्मचारीहरू ‚ नगरमा रहेका महिला स्वयंसेवकहरू ‚ जनप्रतिनिधिहरू ‚ नगरप्रहरी ‚ सशस्त्र प्रहरी ‚ सञ्चारकर्मी समेतको उपस्थितिमा सो जनचेतना अभियान सञ्चालन गरेको थियो ।
पाँचखाल नगर स्वास्थ्य शाखा प्रमुख कोपिला कार्कीको नेतृत्वमा सञ्चालन भएको उक्त जनचेतना कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ३ को वडा अध्यक्ष सुन्दर अधिकारी ‚ वडा नं ४ को वडा अध्यक्ष सुन्दर तमाङको सहभागितामा बजार परिक्रमा गरी लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट गरिएको थियो ।
पाँचखाल नगरमा डेङ्गी रोग लाग्न सक्ने सम्भावना प्रबल रहेकोले नगरवासीलाई लामखुट्टेको वासस्थानको पहिचान गरि नष्ट गर्ने विषयमा सुझाव दिएको थियो । सो चेतनामूलक कार्यक्रम प्रत्तेक हप्ताको शुक्रवार निरन्तर रुपमा सञ्चालन गर्ने पाँचखाल नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस