काभ्रेपलाञ्चोक । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको प्रमुख दीपक गौतमले पाँचखाल नगरका प्रमुख महेश खरेलले पाँचखाल नगरपालिकालाई नेपालमा मात्रै नभएर अन्तराष्ट्रिय जगतमा समेत परिचित गराउन सफल भएको बताउनु भयो ।
पाँचखाल नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमको शुक्रवार उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय काभ्रेपलाञ्चोकका प्रमुख गौतमले उक्त धारणा राख्नुभएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गौतमले पाँचखाल नगरका मेयर महेश खरेल “एक्टिभ मात्रै हैन ‚ प्रो एक्टिभ हुनुहुन्छ ।” जसले नगर्दा नगरको बृहत्तर विकासमा निकै टेवा पुगेको बताउनुभयो । पाँचखाल नगर साथै अन्य पालिकाहरूमा पूर्ण खोप घोषणा गर्दै गर्दा बागमती प्रदेश ‚ काभ्रेपलाञ्चोक जिल्लालाई चुनौती भएको महसुस भएको बताउनु भयो । उहाँले थप्नुभयो “माता पलाञ्चोक भगवतीको पाउमुनी बसेर बोलदै छु ‚ म सबैखाले भगवानलाई उत्तिकै श्रद्धा गर्छु ।” अस्पताल तथा स्वास्थ्य चौकीहरू मन्दिर हुन् डाक्टर ‚नर्स एवं स्वास्थ्यकर्मीहरू भगवान हुन् उहाँहरूलाई श्रद्धा गर्नु हाम्रो कर्तव्य हो । प्रमुख अतिथि गौतमले भन्नुभयो ।
स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्छ ‚ स्वास्थ्यमा प्राथमिकता परेन भने हामीले सोचे अनुसारको विकास हुन सक्दैन । विकासमा प्राथमिकीकरण गर्दै गर्दा चिलो सडक र राम्रो भवन हुँदा विकास भएको मान्छौ । बाटो राम्रो छ ‚ भवनहरू चिटिक्कका छन् ‚ धनसम्पत्ति टन्न छ तर हामी स्वस्थ छैनौ भने विकास साथै धनसम्पत्तिको कुनै अर्थ रहन्न । स्वास्थ्य शिक्षालाई प्राथमिकता दिदैँ बजेट बनाउनु पर्छ । जसले गर्दा स्थानीय तहका जनताको हितमा कार्य हुन्छ ।
कार्यक्रमको सभापति एवं पाँचखाल नगरको मेयर महेश खरेलले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरका सम्पूर्ण स्वास्थ्यकर्मी एवं महिला स्वयंसेविका साथै नगरवासीको सहयोग त्याग ‚ परिश्रम विना यो कार्य सम्भव नभएको बताउनु भयो । नगरको स्वास्थ्य क्षेत्रमा सकृय भूमिका निर्वाह गर्दै आउनुभएका महिला स्वयंसेविकाहरुको योगदानको उच्च मुल्यांकन गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।
नेतृत्वमा महिलाहरू रहेको हर क्षेत्र सफल भएको छ ‚ अझ यो भन्दा शसक्त ठाउमा निर्णायक भूमिकामा रहनुपर्छ । विगतमा कोरोनाको भयावह स्थितिमा तपाई स्वास्थ्य कर्मीहरू साथै महिला स्वयंसेविकाहरुले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । अव फेरी कोरोना रोग आउन सक्छ सो रोगले नगरवासिलाई कुनै असर पर्न नदिन विगत ५ बर्ष अगाडिको जस्तै भूमिका खेल्नुपर्छ । मेयर खरेलले भन्नुभयो । उहाँले थप्नुभयो कोरोना साथै डेंगी रोग नियन्त्रण अभियानमा शसक्त रुपमा लाग्न स्वस्थ्यकर्मीहरुलाई निर्देशन दिनुभयो ।
पाँचखाल नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य कर्मी विष्णु गौतम द्वारा सञ्चालित उक्त कार्यक्रममा पाँचखाल नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले स्वागत मनतव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक प्रमुख रागिश्री कक्षपति ‚ जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक खोप अधिकृत पार्थमणी न्यौपाने लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको औचित्यको वारेमा पाँचखाल स्वास्थ्य शाखा प्रमुख कोपिला कार्कीले जानकारी गराउनु भएको थियो। कार्यक्रममा उत्कृष्ट कार्य गर्ने विद्यालय नर्स ‚ स्वास्थ्य कर्मीहरु‚ कोल्ड व्यवस्थापन लगायतलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस