२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

ज्ञानकुञ्जको पाँचौ रोडरेसको उपाधी श्रीकृष्ण मा.वि. भक्तपुरलाई


७२५५ पाठक संख्या
  • २०८२ जेष्ठ ३१, शनिबार मा प्रकाशित ७ महिना अघि
  • काभ्‌रेपलाञ्चोक । काभ्‌रेपलाञ्चोक जिल्लाको बनेपा नगरमा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको आयोजनामा पाँचौ रोडरेस कार्यक्रमस सम्पन्न भएको छ ।

    कारात्मक सोच, दृढ इच्छाशक्ति, तथा परिश्रमका साथ शैक्षिक क्षेत्रमा निरन्तर प्रगति गरिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको पाँचौ रोडरेस कार्यक्रम आज (शनिवार) सम्पन्न भएको हो ।

    छात्रा र छात्र तर्फ गरी दुई समुहमा सुरुभएको उक्त कार्यक्रमको पहिलो चरणमा बनेपाको तीनदोबाटोमा ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान सञ्चालक समितिका अध्यक्ष एवं नेपाल उद्योगवाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यको सभापतित्वमा नेपाली महिला क्रिकेट टोलीका कप्तान ईन्दु वर्माले उद्घाटन गरी छात्राहरुको रोडरेस सुरु भएको थियो । सो रेस बनेपा तिनदोबाटो बाट सुरु भई चण्डेश्वरी मन्दिर परिक्रममा गरी प्रतिष्ठानमा आएर अन्त्य भएको थियो ।

    त्यसैगरी दोस्रो चरणको कार्यक्रम ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान सञ्चालक समितिका अध्यक्ष एवं नेपाल उद्योगवाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यद्धारा छात्रहरुको रोडरेस उद्घाटन गरी पनौती बसपार्क बाट सुरु भई प्रतिष्ठान सम्म भएको थियो ।

    तेस्रो चरणको कार्यक्रम ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान सञ्चालक समितिका अध्यक्षएवं नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यको सभापतित्वमा भएको थियो । प्रमुख अतिथि बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यले गर्नुभएको थियो । प्रतिष्ठानका प्रबन्धनिर्देशक प्रतापवैद्यले स्वाग तमन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा आफ्नो धारण व्यक्त गर्दै वैद्यले शिक्षाको समाज परिवर्तनकारी भूमिकाको चर्चा गर्दै व्यावहारिक तथा जीवनोपयोगी शिक्षालाई आत्मसाथ गर्दै खेलकुद मार्फत एस.ई.ई. पछि बिदाको समयलाई दुरव्यसन तथा कुलतबाट बचाउन प्ष्िि बममष्अतष्यल, क्तबथ जभबतिजथ भन्ने नाराका साथ रोड रेस प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो ।

    रोड रेस कार्यक्रममा श्रीकृष्ण मा.वि. भक्तपुरबाट छात्रा अस्मिता गोले र छात्र तर्फ श्रीकृष्ण मा.वि.भक्तपुर बाट सन्तोष कार्की प्रथम, श्रीकृष्ण मा.वि. भक्तपुरबाट दीपा थापा छात्रा र लालिगुराँस एकेडेमी, तारकेश्वरबाट सुभाष रावत द्धितीय र जेसिस मा.वि. भक्तपुरबाट ब्रिटिसा सिल्पकार छात्रा र श्रीकृष्ण मा.वि.भक्तपुरबाट प्रविन कार्की तेस्रो भएका थिए । प्रतियोगितामा प्रथम हुनेलाई नगद ३० हजार, प्रमाणपत्र तथा मेडल,दोस्रो हुनेलाई २० हजार प्रमाणपत्र तथा मेडल र तेस्रो हुनेलाई नगद १० हजार, प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो ।

    समापन कार्यक्रममा राष्ट्रिय महिला क्रिकेटका कप्तान ईन्दु वर्मा, विद्यालय संचालक आत्माराम थापा, कलेजका सहायक कलेज प्रमुख नवराज चौलागाई, विद्यालयका सहायक प्रिन्सिपल नमराज दाहाल, ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख रामेश्वर त्वाँति, जिल्ला ट्राफिककार्यालयको प्रमुख सन्तोष धजु , ए.पि.एफका खेल संयोजक बिजय कुमार के.सी. तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    एस.ई.ई दिएर बसेका विद्यार्थीलाई सहीमार्गमा हिडाउन र खेलकुदमार्फत् अनुशासन कायम राख्न सो प्रतियोगिता आयोजना गरिएको हो । कार्यक्रममा २२० जना भन्दा बढीविद्यार्थीहरुले उक्तप्र तियोगितामा सहभागिता जनाएका थिए । काभ्रेबाट मात्रै नभएर काठमाण्डौ,भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक तथा सुदुरपश्चिमका विद्यार्थीहरूले समेत प्रतियोगितामा सहभागिता जनाएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार