२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

 सुनकोशी नदि किनार आसपास बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन अनुरोध


८३४७ पाठक संख्या
  • २०८२ अषाढ ४, बुधबार मा प्रकाशित ७ महिना अघि
  • काभ्रेपलाञ्चोक । छिमेकी राष्ट्र चीनमा असार ७ गते सम्म भारी वर्षा हुने मौसमविद्ले जनाएको छ । सोही विषयलाई आधारमानी सुनकोशी र भोटेकोशी किनारामा बसोवास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अनुरोध गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जारीगरेको सुचनालाई आधार मानी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले समेत सूचना जारी गर्दै सुनकोशी र भोटेकोशी किनारा छेउछाउमा बसोवास गर्नेहरूलाई उच्च सतर्कताको लागि अनुरोध गरेको छ ।

    नदीमा आउन सक्ने सम्भावित बाडीले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे ‚ तातोपानी‚ सुकुटे चेहेर र काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका अन्तरगत दोलालघाट बजार ‚ तेमाल गाउँपालिका अन्तरगतको तिमालबेंसी ‚ चुखावेसि ‚ पचुवारघाट हुँदै दुम्जा सम्मका नदी आसपासको क्षेत्रहरूमा जोखिम नहुनेभएकोले सतर्कताको लागि सूचना माफर्त अनुरोध गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार