२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

संविधान विरोधी कार्यमा धुलिखेल नगरको अग्रसरता —नेकपा ओवादी


१०२४५ पाठक संख्या
  • २०८२ अषाढ ७, शनिबार मा प्रकाशित ७ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको दोस्रो नगरपालिकाको रुपमा रहेको धुलिखेल नगरपालिकाको १७ औं नगरसभाबाट संविधान विरोधी कार्य गरेको भन्दै नेकपा (माओवादी केन्द्र) ले आपक्ति जनाएको छ ।

    नेकपा (माओवादी केन्द्र) धुलिखेल धुलिखेल नगर समिति का अध्यक्ष सुरेन्द्र महत द्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै धुलिखेल नगर पालिकाको १७ औं नगरसभाले प्रदेश सभा र सरकार खारेजीको लागि संघिय सरकारसँग माग गर्ने प्रस्ताव पारित गरेको प्रति आपत्ति जनाएको छ ।

    (माओवादी केन्द्र) धुलिखेल नगर समितिले पारित प्रस्तावको आपत्ति जनाउँदै भनिएको छ — संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ विपरित संघिय लोकतान्त्रिक गणतन्त्र विरुद्ध नेकपा एमाले र नेपाली काँग्रेसको नेतृत्वमा रहेको धुलिखेल नगरपालिकाको १७ नगर सभाले तीन तहको सरकार मध्य आफै स्थानीय तहको नेतृत्वमा बसेर संविधानको ठाडो उलङ्घन गर्दै प्रदेश सभा तथा सरकार खारेजीको दुःखद प्रस्ताव पारित गरेको उल्लेख छ ।

    जनप्रतिनिधिको दायित्व भनेको संविधानको परिपालना गर्नु ‚ संविधान सम्मत कानुन ऐन ‚ नियमावली अनुसार कार्य गर्नु र गराउनु हो । संविधान विरोधी असंवैधानिक र प्रतिगामी गतिविधि गर्न कुनै जनप्रतिनिधिलाई छुट छैन । संविधान विरोधी यस्ता कार्य गर्ने धुलिखेल नगरपालिकाका जनप्रतिनिधिलाई नेपाल सरकारको प्रचलित कानुन अनुसार कारवाही गर्न सरकार समक्ष माग गर्दछौँ उल्लेख भएको छ । धुलिखेल नगरको १७ औं नगर अधिवेशनले पारित गरेको संविधान विरोधी कार्य प्रति नेकपा (माओवादी केन्द्र ) जिल्ला समिति ‚ प्रदेश समिति ‚ केन्द्रिय समितिले यो समाचार तयार पारुन्जेल कुनै प्रतिकृया दिएको छैन ।

    यस्तो छ नेकपा (माओवादी केन्द्र) धुलिखेल नगरसमितिले जारी गरेको विज्ञप्ति

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ६%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार