२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

पाँचखालमा आधुनिक प्रविधिबाट रोपियो धान‚ कृषिमा क्रान्ति ल्याउने हाम्रो प्रमुख उद्देश्य हो—महेश खरेल 


८८४१ पाठक संख्या
  • २०८२ अषाढ १६, सोमबार मा प्रकाशित ७ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको कृषि नगरीको रुपमा चर्चित पाँचखाल नगरमा आधुनिक प्रविधि अपनाउंदै मेसिनबाट धान रोपेर २२ औँ राष्ट्रिय धान दिवस मनाइएको छ ।

    पाँचखाल नगरपालिकाले कृषि कर्मलाई प्राथमिकतामा राख्दै कृषिको माध्यमबाट नगरवासीलाई स्वरोजगार गराई आत्मनिर्भर गराउने उद्देश्य अनुसार निरन्तर रुपमा अगाडि बढेको छ ।

    विषादी रहित ताजा तरकारी उत्पादन गरि उपभोक्ताहरूलाई स्वच्छ ताजा तरकारी उपभोग गर्ने अवसर प्रदान गर्ने नगरको योजना सफल भई पाँचखालको ताजा तरकारीको माग व्यापक बढ्दो अवस्थामा छ ।

    २२ औं धान दिवस मनाउनाको प्रमुख कारणको बारेमा नगर प्रमुख महेश खरेलसँग सम्पर्क गर्दा उहाँले भन्नुभयो “हाम्रो प्रमुख उद्देश्य कृषिमा क्रान्ति ल्याउनु हो ‚ सोहि अनुसार अगाडि बढ्दै छौं ।” पाँचखालको तरकारी सेमी अर्गानिक भैसकेको छ यो हाम्रो सफलता हो । कृषिमा नयाँ नयाँ प्रविधिहरू माफर्त खेती लगाउने लक्ष लिएका छौँ । त्यसैले धान दिवसको अवसर पारेर मेसिनबाट धान रोप्ने कार्यको सुरुवात भएको छ ।

    पाँचखालमा २२ औँ राष्ट्रिय धान दिवस मनाउने क्रममा जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोक र पाँचखाल नगरपालिकाको आयोजना तथा पशु सेवा कार्यालय काभ्रे र बागवानी विकास केन्द्र पाँचखाल लगायतको सह आयोजनामा पाँचखालमा धान दिवस मनाइएको थियो ।

    आधुनिक प्रविधिमा धान रोप्ने मेसिन र फोर रो प्लान्ट प्रयोग गरिएका रोपाइ महोत्सवमा पाँचखाल र आसपासका किसानहरूको उपस्थिति रहेको थियो । यहाँ आधुनिक प्रविधि अपनाउँदै मेसिनबाट धान रोपिएको जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले बताउनुभयो ।

    कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतम‚ जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडी‚ बागवानी विकास केन्द्रका प्रमुख विष्णु बोगटी‚ रेशम खेती विकास केन्द्रका प्रमुख कृष्ण धिताल‚ लगायतको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार