२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

प्रतिष्ठा कृषि सहकारीको वाषिर्क साधारण सभा सम्पन्न


२१६३३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८२ आश्विन ८, बुधबार मा प्रकाशित ४ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ३ मा रहेको प्रतिष्ठा कृषि सहकारी संस्थाको १४ औं वाषिर्क साधारण सभा सम्पन्न भएको छ ।
    कृषिको उर्वरभूमिको रुपमा रहेको पाँचखालमा कृषि कर्मबाट कसरी कृषकहरू आत्मनिर्भर रहन सक्छन् ? सो कार्यको लागि कृषि सहकारीले सहकार्य गरेर अगाडि बढ्ने उद्देश्यका साथमा सञ्चालन भएको सहकारीको साधारण सभा सम्पन्न भएको हो ।
    पाँचखाल नगरपालिकाका प्रमुख (मेयर) महेश खरेलले साधारण सभाको उद्‌घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्‌घाटन गर्दै मेयर खरेलले प्रतिष्ठा कृषि सहकारी संस्थाले कृषकको हितको लागि कार्य गर्दै आएकोमा खुसि व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो कृषकहरूले उत्पादन गरेको दुध सङ्कलन गरेर कृषकहरूलाई समयमा भुक्तानी दिनै साथै बिभिन्न कार्य माफर्त हौसला दिएकोमा खुसी व्यक्त गर्दै सङ्कलित दूध चिस्यानको लागि नगरपालिका र सहकारी बिच समन्वय गरी व्यवस्थापन गर्नुपर्ने धारणा राख्नुभयो ।

    संस्थाको अध्यक्ष ज्ञानबहादुर थापाको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेको प्रवक्ता अपसरा सिप्खान ढुंगाना  ‚पाँचखाल नगरपालिका वडा नं तीनका वडा अध्यक्ष सुन्दर अधिकारी ‚ वडा नं ४ को वडा अध्यक्ष सुन्दर तामाङ‚ सञ्चारकर्मी इस्वरी राज कुमार मैनाली ‚ प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष केशव काफ्ले ‚ पाँचखाल भ्याली सहकारी संस्थाको अध्यक्ष केदार प्रसाद लुँइटेल‚ जनज्योति बहुउद्देश्यीय सहकारी संस्थाको सचिव श्याम कुमार दनुवार ‚ ग्रामीण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको कार्यवाहक अध्यक्ष इन्दिरा गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    संस्थाको उपाध्यक्ष श्याम बहादुर दुलालले स्वागत मन्तव्य व्यक्त गरि सुरुभएको उक्त कार्यक्रममा सर्प नियन्त्रण अभियन्ता समिर पराजुली लाई सम्मान गरिएको थियो । त्यसैगरी संस्थामा कार्यरत कर्मचारी मध्य उत्कृष्ट कार्य गर्ने गुण बहादुर भुजेल लाई सम्मान गरेको थियो । कार्यक्रममा उत्कृष्ट बाल बचत कर्ता ‚ असल ऋणी‚ असल बचत कर्ता ‚ उत्कृष्ट शेयर सदस्य ‚ उत्कृष्ट दूध उत्पादन गर्ने कृषक‚ २०८१ को एस.इइ परीक्षामा उत्कृष्ट विद्यार्थीहरू लाई सम्मान गरिएको थियो ।

    संस्थाको सचिव प्रदिप पौडेल द्वारा सञ्चालित कार्यक्रममा संस्थाको अध्यक्ष ज्ञान बहादुर थापाले संस्थाको अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाको कोषाध्यक्ष सिताराम अधिकारीले आय व्यय प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी संस्थाको कोषाध्यक्ष प्रदिप पौडेलले संस्थाको शेयर पुँजी १ करोड ४९ लाख ५ हजार ३०० ‚ बचत रकम ४ करोड ९१ लाख ‚ २५ हजार ३४० विभिन्न कोषहरू १ करोड १४ लाख ३७ हजार २०१ रहेको जानकारी सहित संस्थाको आर्थिक अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । संस्थाको लेखा तथा सुपरीवेक्षण समितिका संयोजक अमृत दुलालले संस्थाको बारेमा जानकारी गराउदै राम्रा पक्षहरु र सुधारको लागि सुझाव दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार