काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ६ (दुलालथोक) निवासी स्वर्गीय भक्तबहादुर गुरागाइँको श्रद्धाञ्जली कार्यक्रममा माओवादी केन्द्रका नेताहरू जुटेका छन् ।
नेकपा माओवादी केन्द्र पाँचखाल नगर कमिटीका सचिव गोकुल गुरागाँई एवं पार्टीका सकृय कार्यकर्ता कृष्ण गुरागाँई तथा मुरली गुरागाइँको पिता भक्त बहादुर गुरागाइँको कात्तिक २ गते स्वर्गारोहण भएको थियो ।
नेकपा माओवादी केन्द्र पाँचखाल नगर कमिटीले आयोजना गरेको सो असामयिक निधन प्रति दु:ख व्यक्त गदर्ै मृतक प्रति श्रद्धाञ्जली एवं परिवारजनमा समवेदना व्यक्त गर्न नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं काभ्रेपलाञ्चोक जिल्ला इन्चार्ज तेजबहादुर मिजार‚ पार्टीको केन्द्रिय सदस्य एवं बागमती प्रदेश सभा सदस्य रुकु चौलागाईँ‚ पार्टी केन्द्रिय सदस्य कृष्ण अधिकारी र गङ्गाबहादुर दोङ ‚ पार्टीका काभ्रेपलाञ्चोक जिल्ला संयोजक भोला अर्याल लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
पाँचखाल नगरकमिटी अध्यक्ष रमेश गिरीले शोक मन्तव्य राख्दै मौन धारण पश्चात स्व. भक्त बहादुर गुरागाइँको तस्वीरमा पुष्पगुच्छा चडाईएको थियो । साथै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरिएको थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य‚ जिल्ला तथा नगर कमिटीका प्रतिनिधि‚ जनवर्गीय सङ्गठनको अगुवा कार्यकर्ता र स्थानीय नेताहरूको उपस्थितिमा गुरागाइँको योगदान स्मरण गरिएको थियो । वक्ताहरूले स्व. गुरागाँईले जनआन्दोलन र पार्टी सङ्गठन सुदृढीकरणमा पुर्याएको योगदान उल्लेख गर्दै उनको विचार र समर्पणले नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरिएको थियो । कार्यक्रममा परिवारका तफर्बाट सहभागी सबैप्रति धन्यवाद ज्ञापन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस