२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

पत्रकार महासंघ काभ्रेले मनायो ३३ औँ स्थापना दिवस, स्मारिका विमोचन र वेबसाइट शुभारम्भ


५३३१ पाठक संख्या
  • २०८२ पौष २, बुधबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । नेपाल पत्रकार महासंघ, काभ्रेपलाञ्चोक शाखाको ३३ औँ स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । बनेपा नगरपालिका वडा नं ६, बुडोलमा रहेको पत्रकार महांसंघ शाखाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

    नेपाल पत्रकार महांसंघ केन्द्रिय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाले सार्वजनिक गरेको ‘पत्रकारिता दर्पण’ स्मारिकाको विमोचन साथै शाखाको आधिकारिक वेबसाइट जततउकस्ररालवपबखचभ।यचन को शुभारम्भ गर्नुभएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले महासंघको नेतृत्व सम्हालेको एक वर्षको अवधिमा स्रोतको अभावका कारण अपेक्षित संस्थागत विकास गर्न नसकेको स्वीकार बताउनु भयो । पत्रकारको हकहित संरक्षण, क्षमता अभिवृद्धि, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा महासंघको प्रमुख प्राथमिकता रहेको बताउनुभयो । संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई जोगाइराख्न स्वतन्त्र नागरिक समूह, नेपाल पत्रकार महासंघ तथा सबै छाता संगठनहरूको सामूहिक भूमिका आवश्यक रहेको उहााको तर्क थियो । वर्तमान अवस्थामा प्रेस स्वतन्त्रता कुण्ठित हुन नदिन जेन–जी आन्दोलनपछि बनेको सरकारले तोकिएको समयमै निर्वाचन गराउने विषयमा सञ्चार क्षेत्रले खबरदारी गर्नुपर्नेमा जोडदिनुभयो ।

    काभ्रेपलाञ्चोक शाखाको सक्रियताको प्रशंसा गर्दै अध्यक्ष शर्माले काभ्रेमा पत्रकारिताको राष्ट्रिय प्रशिक्षण केन्द्र सञ्चालनका लागि केन्द्रीय समितिले पहल र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो शुभारम्भ गरिएको वेबसाइटमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको इतिहास, सदस्यहरूको विवरण, सञ्चारमाध्यम, सञ्चारकर्मी परिचय तथा संस्थागत गतिविधिहरू समेटिएकोमा खुसि व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो—‘पत्रकारिता दर्पण’ स्मारिकामा महासंघको ऐतिहासिक यात्रा, पत्रकारिताका वर्तमान चुनौती, प्रविधिअनुकूल पत्रकारिताका विविध आयाम र शाखाका गतिविधिहरू समेटिनुले यतिहास काएम भएको छ ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ बाग्मती प्रदेश कार्यसमितिका अध्यक्ष कृष्ण सारु मगरले प्रदेशभर सञ्चारकर्मी, सञ्चारमाध्यम र शाखाहरूको संस्थागत विकासका लागि प्रदेश समितिले सक्रिय पहल गर्ने बताउनु भयो । जेनजी आन्दोलन पछिको सरकारले मिडियाले पाउनुपर्ने विभिन्न कार्यक्रम , लोककल्याणकारी विज्ञापनहरु साथै सुबिधामा कटौति भएको बताउनु भयो । संचारकर्मी र संञ्चार माध्यमका हित विपरित भएको कार्यको विरोधमा उत्रिदै सच्याउनको लागि सरकारलाई दवाव दिदै आएका छौं । काभ्रे शाखाले निकै राम्रो कार्य गरेको छ , थप पूर्वाधार तथा संस्थागत विकासको लागि प्रदेशको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बिनोदकुमार न्यौपानेले अग्रज पत्रकार तथा सहयोगीहरूको साथ र सहयोगका कारण शाखाको भौतिक तथा संस्थागत पूर्वाधार निर्माण सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा पत्रकारिता तालिम, अन्तरक्रिया र क्षमता अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताउनु भयो । उहाँले थप्नुभयो—काभ्रेका सवै पत्रकारहरुको ५ लाखको दुर्घटना विमा महासंघले गर्ने बताउनु भयो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका पूर्वअध्यक्ष तथा सल्लाहकारहरू भोजराज तिमल्सिना, इश्वरी ओझा, भोला थापा, महेशराज पौडेल, नारायण सापकोटा, मोतिराम तिमल्सिना, बद्रिराज तिमल्सिना, अग्रज पत्रकार कामना प्रकाशन प्रतिष्ठानका अध्यक्ष भगवती तिमल्सिना, बाग्मती प्रदेश समिति सदस्य सुनिता सापकोटा, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष केदार तिमल्सिना, प्रेस सेन्टर नेपाल काभ्रेका अध्यक्ष रामप्रसाद ढकाल, नेपाल प्रेस युनियन काभ्रेका सचिव शुभराज अधिकारी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा, महासंघ काभ्रेका उपाध्यक्ष कपिल कोइराला लगायतले पूर्वाधार निर्माणसँगै अब पत्रकारको क्षमता अभिवृद्धिमा केन्द्रित हुनुपर्ने आवश्यकताको विषयमा चर्चा गर्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार