२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

पाँचखाल खानेपानीको लागि आवश्यक वजेट व्यवस्था गर्छौ—उपमहानिर्देशक अधिकारी


६३९७ पाठक संख्या
  • २०८२ पौष ५, शनिबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । स्थानीय तहले जसरी सडक निर्माण कार्यलाई प्राथमिकता दिइन्छ त्यसैगरी खानेपानी तथा सरसफाइ कार्यलाई उत्तिकै प्राथमिकता दिन जरुरी रहन्छ ।

    काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं ३ मा रहेको पाँचखाल खानेपानी जल उपभोक्ता समितिको १३ औं वाषिर्क साधारण सभाको उद्‌घाटन गर्दै खानेपानी तथा ढल व्यवस्थापन विभागका उप—महानिर्देशक माधव प्रसाद अधिकारीले आज शनिबार उक्त धारणा राख्नुभएको हो ।

    साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि उप—महानिर्देशक अधिकारीले भन्नुभयो —यो धेरै पुरानो आयोजना रहेछ । २०३६ सालमा हालको बनेपा नगरपालिका वडा नं ३ मा रहेको तीनधारा काफलबोटे खानेपानी मूल दर्ता  श्री ५ को सरकार माफर्त सञ्चालन गरी हालको पाँचखाल ४ लामीडाँडा र वरपरको स्थानमा १० वटा सार्वजनिक धारा सञ्चालन भएको पाइयो । यति धेरै पुरानो आयोजनालाई थप व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागको तफर्बाट आवश्यक सहयोग गर्न तयार छौं ।

    हालको अवस्थामा उपभोक्ता समितिले गरेको कार्य अत्यन्तै व्यवस्थित ‚ उपभोक्ताहरूको हितको लागि सहज ढंगबाट सुलभमा पानी उपलब्ध गराउनाको साथै महसुल तिर्नको लागि अनलाईन सिस्टमको व्यवस्था धेरै राम्रो भएको भन्दै खुसी व्यक्त गर्नुभयो । राम्रो कार्य गर्नेलाई साथ दिनु हाम्रो कर्तव्य हो ‚ प्रत्तेक १५/१५ दिनमा पानी निर्मलीकरण गरी वितरण गर्दैआएको अत्यन्तै राम्रो पक्ष हो । पानी प्रशोधन केन्द्र व्यवस्थापन ‚ ल्याव व्यवस्थापन र मुलको संरक्षण तथा थप मूलको व्यवस्थापनको लागि विभागले सहयोग गर्छ । सो कार्यको लागि उपभोक्ता समितिको तफर्बाट गर्नुपर्ने प्रकृया अगाडि बढाई हाल्नुहोला । उप—महानिर्देशक अधिकारीले बताउनु भयो ।

    कार्यक्रमको विशेष अतिथि पाँचखाल नगरपालिका उपप्रमुख सूर्य माया दनुवारले पाँचखालमा सानाठुला गरि ४० वटा खानेपानी उपभोक्ता समिति रहेको बताउनु भयो । एउटै उपभोक्ताको घरमा तीनवटा सम्म मिटरहरू रहेका छन् । जसले गर्दा खानेपानीको लागि धेरै भुक्तानी दिनुपर्ने अवस्था निम्तिन सक्छ । यस्तो समस्या समाधानको लागि विभिन्न खानेपानी आयोजनाहरूलाई मर्ज गर्दै लानुपर्ने बताउनु भयो । मुहानको पानी उपभोग गर्दा जति सजिलो हुन्छ लिफ्ट गरेको पानी उपभोक्ताहरूको लागि महँगो पर्ने हुन्छ । मूलको पानीको महसुल दरमा लिफ्ट गरिएको पानी उपलब्ध गराउन कठिन हुने बताउनु भयो ।

    पाँचखाल नगरपालिका वडा नं ४ को वडा अध्यक्ष सुन्दर तामाङले पिउने पानीको चरम अभाव भएको यस क्षेत्रमा पाँचखाल खानेपानी तथा जल उपभोक्ता समितिको तफर्बाट दिन रात नभनी निरन्तर अगाडि बढ्नुको उपलब्धि शुलवमा व्यवस्थित साथै गुणस्तरीय पिउने पानी व्यवस्था भएकोमा उपभोक्ता समितिलाई धन्यवाद दिनुभयो । उहाँले थप्नुभयो साधारण सभामा उपस्थित हुनेलाई १६ हजार लिटर पानी सित्तैमा खानपाउने व्यवस्थाको प्रसंसा गर्दै खानेपानीको थप व्यवस्थापनको लागि वडा तथा नगरको तफर्बाट आवश्यक सहयोग गर्ने बताउनु भयो ।

    कार्यक्रममा पाँचखाल सुनकोशि खानेपानी उपभोक्ता समितिको अध्यक्ष कुमार लामिछानेले पाँचखाल उपत्यकामा रहेको खानेपानी उपभोक्ता समितिलाई मर्ज गर्दै सहज र शुलभ ढंगबाट पानी उपलब्ध गराउने वातावरण मिलाउन जरुरी रहेको बताउनु भयो । उपभोक्ता समिले गरेको योगदान अविस्मरणिय साथै उच्च ढंगको छ । उपभोक्ताहरु भनेको धरोहर हुन् उहाँहरुलाई आर्थिक भार पर्न नदिने गरी पानी उपलब्ध गराउने विषयमा आफु सधैं तयार रहेको साथै उपभोक्ताहरूको हितको खातिर हुने मर्जमा आफुले जस्तो सुकै त्याग गर्न पछि नपर्ने बताउनु भयो ।

    उपभोक्ता समितिको अध्यक्ष वीर वहादुर ठकुरीको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपभोक्ता समितिको सचिव प्रकाश सापकोटाले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष कृष्ण वहादुर श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । खानेपानी उपभोक्ता समितिको सदस्य एवं खानेपानी सुरक्षा योजनाको संयोजक प्रकाश तिमल्सिनाले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रम सञ्चालन उपभोक्ता समितिको सल्लाहकार माधव प्रसाद नेपालले गर्नुभएको थियो ।

    वडा नं १‚२‚३‚४ र ७ मा गरी १३०८ सय धारा जडान गरिएको छ । जस मध्य १४ वटा धारा मठ मन्दिर ‚ घाट तथा सार्वजनिक स्थानमा नि:शुल्क रुपमा वितरण गर्दै आएको छ । उपभोक्ताहरूको स्वास्थ्यलाई मध्यनजर राख्दै प्रत्येक १५/१५ दिनमा पानी परिक्षण तथा निर्मलिकरणको व्यवस्था मिलाएको छ । उपभोक्ता समितिले थप मूलको व्यवस्था भएमा पाँचखालको अनैकोट देखि खावा सम्म सुलभमा पानी वितरण गर्ने लक्षका साथ अगाडि बढेको छ । नयाँ उपभोक्ताको लागि ९ हजार १ सय जसमा घरसम्म पाईपलाईन साथै मिटर धाराको व्यवस्था समेत गर्दै आएको छ ।

    २०४९ साल बाट उपभोक्ता समिति माफर्त पानी वितरण गर्ने कार्य गर्दै आएको उपभोक्ता समितिले बनेपाबाट ल्याएको पानीको स्रोतले अपुग भएपछि उपभोक्ता समितिको पहलमा हालको पाँचखाल नगरपालिका वडा नं ३ भैसे खोला खानेपानी मूल र पाँचखाल नगरपालिका वडा नं ३ मा डिप वोरिङ्ग गरि तीन स्थानबाट पानी सङ्कलन गरि वितरण कार्यलाई व्यवस्थित गर्दै आएको छ ।

    २०५१ सालबाट हालसम्म निरन्तर पाँचखाल खानेपानी जल उपभोक्ता समितिका अध्यक्ष रहनुभएका वीर बहादुर ठकुरी । १७ जना कर्मचारी समेतको व्यवस्था गरि अगाडि बढेको उपभोक्ता समितिले मासिक एक सयमा ८ हजार लिटर पानी उपलब्ध गराउंदै आएको छ । समयमा महशुल भुक्तानि गर्नेलाइ छुट तथा साधारण सभामा उपस्थित हुनेको लागि १६ युनिट पानी उपलब्धगराउने समेत गर्दा प्रति युनिट ९ रुपैया ८७ पैसामा उपभोक्ताले पानी उपभोग गर्न पाउने छन् ।

    १३औं बाषिर्क साधारण सभाको अवसरमा उत्कृष्ट कर्मचारी ‚ नियमित महशुल भुक्तानि र संस्थागत नियमित महशुभ भुक्तानी गर्नेहरुलाई सम्मान गरिएको थियो । उत्कृष्ट कर्मचारी तफर् विर वहादुर बम्जन‚ नियमित समयमा महशुल भुक्तानि गर्नेहरु १७१ जना मध्य गोला प्रथाबाट ३ जनालाई सम्मान गरिएकोमा हरिकृष्ण न्यौपाने ‚ इन्द्रमान तमाङ र मञ्जु कृष्ण श्रेष्ठ सम्मानित हुनुभएको थियो । त्यसैगरी संस्थागत तफर् सामुदायिक दुग्द संकलन तथा प्रशोधन केन्द्रका प्रोपाईटर वाल कृष्ण सापकोटा सम्मानित हुनुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार