काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाको गतिमा मुलुकको ७५३ वटै स्थानीय तहहरू अगाडि बढ्ने हो भने नेपालको विकासमा समृद्ध धेरै टाढा छैन । राम्रोसँग विकास हुन सक्छ भन्ने नमुना काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका बन्न सफल भएको छ ।
उक्त भनाई सङ्घीय सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आज (शुक्रवार) पाँचखाल नगरको अवलोकन एवं वस्तुस्थिति बुझ्ने क्रममा बताउनु भएको हो ।
अरनिको राजमार्ग हुँदै पाँचखाल आउनु भएको मन्त्री खरेलले धुलिखेल खावा सडकको अवलोकन गर्दै निर्धारित समयमा सडक मर्मत सम्भार कार्य सक्नको लागि निर्माण व्यवसायीलाई सुझाव दिदैँ स्थानीय समेत पाँचखाल नगरपालिकाको अवस्था बुझ्दै आउनु भएको थियो । पाँचखाल नगरपालिका स्थित खावा ‚ केराघारी ‚ ३८ किलोमा स्थानियहरुसंग पाँचखालको कृषि‚ पूर्वाधार‚ प्रविधि‚ शिक्षा‚ रोजगारी‚ लगायतको विषयमा जानकारी लिनुभएको थियो ।
नगरवासिसंग भेटघाट पश्चात नगरपालिका कार्यालय आइपुग्नु भएको मन्त्री खरेलले भन्नुभयो —पाँचखाल नगर विगत १० वर्ष अगाडि र हालको अवस्थामा आकाश जमिनको भिन्नता आएको छ । मेहनतका साथमा काम गर्दा राम्रो विकास निर्माण हुन्छ भन्ने नमुना नगर बन्न सकेको छ ‚ म अत्यन्त हर्सित भए मेयर महेश खरेलको नेतृत्वको सम्पूर्ण जनप्रतिनिधि र निर्वासितहरूलाई धन्यवाद व्यक्त गर्दछु । सङ्घीय सरकारको तफर्बाट पाँचखाल नगरसँग सहकार्य गर्न तयार छु । मन्त्री खरेलले भन्नुभयो ।
पाँचखाल नगरको तफर्बाट स्वागत गर्दै नगरप्रमुख महेश खरेलको कार्यकक्षमा चिया पानमा सहभागि हुँदै मन्त्री खरेलले थप्नुभयो—फागुन २१ मा निर्वाचन जसरी हुन्छ ‚ हुनैपर्छ । सरकारले निर्वाचनको वातावरण बनाई सकेको छ । निर्वाचन आयोगले आफ्नो काम द्रुत गतिमा अगाडि बढाएको छ ‚ सुरक्षा निकाय सोही ढङ्गबाट तैनाथी अवस्थामा रहेको छ । प्राय गरेर सबै राजनीतिक दलहरू चुनावको लागि अगाडि सडिसकेको अवस्था रहेको छ । चुनावी अभियानमा दलहरू जुटिसकेका छन् । नेपाली काङ्ग्रेस ‚ एमाले‚ नेपाली कम्युनिष्ट पार्टी ‚ राप्रपा लगायतको दलहरूको कार्यालयमै पुगेर सरकारले सहज ढङ्गको साथै निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन आग्रह गरिसकेको छ ।
मन्त्री खरेललाई पाँचखाल नगरपालिकामा स्वागत गर्दै पाँचखाल नगरको प्रमुख महेश खरेलले पाँचखालको विकास निर्माणको बारेमा जानकारी गराउनु भएको थियो । कोरोना महामारिले विकास निर्माणमा पुर्याएको असर ‚ अविरल बर्षातले पुर्याएको क्षती‚ जेनजी आन्दोलन ‚ विकास निर्माण हरेक विषय ‚ सुनकोशि पाँचखाल बृहत खानेपानी आयोजना ‚ हरित महिला औद्योगिकग्राम ‚ सेज ‚ कृषिको क्षेत्रमा आईपिएम तरिकाबाट भएको खेती लगायतको विषयमा मन्त्री खरेललाई जानकारी गराउंदै आफ्नो कार्यकक्षमा राजनीतिक क्षेत्रमा उच्च योगदान पुर्याउनुहुने विभिन्न दलका व्यक्तिहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
मन्त्री खरेल पाँचखाल नगरवाट बाहिरिदै पाँचखाल लामिडाडा बाट मुलुककै ऐतिहासिक धरोहर पलाञ्चोक भगवति जाने सडक मार्ग साथै पलाञ्चोक भगवती बाट कोशिदेखा हुदै अमलटारी सम्मको सडक साथै पाँचखाल सुनकोशि बृहत खानेपानी आयोजना सम्म पुग्ने सडकको समेत अवलोकन गर्ने तयारी रहेको जानकारी प्राप्त भएको छ । नगरको विभिन्न क्षेत्रको अवलोकन पश्चात खरेल बन्धुहरुको आज हुदै गरेको कुलाईन पुजामा समेत सरिक हुने जानकारी प्राप्त भएको छ ।
प्रतिक्रिया दिनुहोस