२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

जीवनमा बरु झार खान तयार हुनुपर्छ तर हार खानु हुदैन‚ परिवारको तर्फबाट उपलब्ध गराएको मासिक दुई लाख सामाजिक कार्यमा खर्च गर्छु—डा. कुवर 


९७५१ पाठक संख्या
  • २०८२ पौष १५, मंगलबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउंपालिका निवासी डा.तारावहादुर कुँवरले आफू र आफ्नो परिवार समेतले कमाइबाट आर्जित रकम मध्य मासिक दुईलाख समाजसेवामा खर्च गर्दै आउनु भएको छ ।

    बुवा दिक बहादुर कुँवर तथा आमा मायाँ कुँवरको साईलो सन्तानको रुपमा २०२२ सालमा जन्मनु भएको कुँवरले आफ्नो कर्मथलो काठमाडौँ महानगरपालिका १३ वाफल लाई बनाउनु भएको छ । गाउँमा रहँदा १ घण्टाको पैदल हिडेर गाउँकै विद्यालयमा कखरा सिक्नुभएका कुँवरले थप शिक्षा काठमाडौँमा हासिल गर्नुभएको थियो ।

    डा. कुंवरसंग भएको समसामयिक कुराकानिको क्रममा उहाँले बताउनुभयो—मेरो बुवा हजुरबुवा गाउँको जिम्वाल हुनुहुदो रहेछ । उहाँहरूले गरिब परिवारको संरक्षण गरेको मेरो बाल्यकालबाटै मानसपटलमा सलबलाई रहेको थियो । मेरा पुर्खाले जस्तैगरी समाजको हित हुने ढङ्गको कार्य कसरी गर्नेहोला भन्ने सोचले मलाई घचघच्याउँदै गर्दा कलिलो उमेरमा अपरिपक्व बुद्धिले समाजसेवा गर्न पड्न भन्दा कमाउन पर्छ भन्ने ठहर गर्यो । सोही अनुरूप आफ्नो अध्ययनलाई भन्दा कमाएर बुवा हजुरवुवाले भन्दा बडी समाजको सेवा गर्ने सोच राख्दै व्यवसायलाई प्राथमिकता दियं ।
    डा.कुवरले थप्नुभयो— “जिवन भनेको निकै चलायमान हुनुपर्छ ‚ नयाँ नयाँ अनुभवहरू हासिल गर्दै अगाडि बढ्नुपर्छ ‚ जीवनमा बरु झार खान तयार हुनुपर्छ तर हार खानु हुदैन ।” यहि सोचका साथ अगाडि बढ्दै गर्दा सुरुको समयमा सामान्य कामहरू गर्दै अगाडि बढे ‚ काठमाडौँमा तीनपाङ्ग्रे टेम्पो चलाउने देखी लिएर सोहीसँग सम्बन्धित व्यवसायको सुरुवात गरे ।

    आफ्नो सहयात्री साथीहरूलाई रोजगारको लागि एक सय भन्दा वडि लाई टेम्पो चलाउन सिकाए । धेरै साथीहरूलाई साथमै लिएर अगाडि बढ्दै जादा सवै साथिहरु बाट हौसला मिल्दै गयो । काम गर्दै अगाडि बढ्ने क्रममा हेवि इक्युपमेन्ट तिर अगाडि बडे । श्रम गर्दै अगाडि बढ्दै जादा २०६५ सम्म आइपुग्दा पारिवारिक व्यवस्था मिलाए । सो अवधिमा धेरै साथीहरूलाई आफूले सकेको सहयोग गरे । जव पारिवारिक व्यवस्था मिलाए तव मेरो अभिभावकहरूले देखाएको मर्गलाई पहिल्याउन सुरु गरे । समाजसेवामा थप मजवुतको साथमा आफ्नो पाईला अगाडि बढाउंदै गर्दा २०६७ सालमा काठमाडौको रिङरोड सफाई अभियान चलाईयो । लगातार १७ हप्तासम्म सफाई अभियान चलाउंदा हजारौ ट्रक फोहोर व्यवस्थापन भयो । डा.कुवरले भन्नुभयो ।
    मेरे हजुरबुवा भिम बहादुर कुँवरले सधै भन्ने गर्नुहुन्थ्यो —“आफुले सकेको सहयोग सवैलाई गर्नु र जे जानेको छ अरुलाई पनि सिकाउनु ।” उहाँले देखाएको मार्गलाई पहिल्याउदै जादा अहिले लाग्छ समाजमा रहेका पिडित परिवारलाई जति सहयोग गर्छु उहाँहरुको आशिर्वादले जतिपनि सहयोग गर्न सक्छु लाग्दैछ । समाजको हितको लागि कम्मर कसेर अगाडि बढ्दै गर्दा २०७२ मा विनासकारी महाभुकम्पले मुलुकलाई निकै थिलथिलो पार्यो । जुन समयमा म हेवि इक्युपमेन्ट महासंघको अध्यक्ष थिय । यस्तो पिडादायिक समयमा मुलुकलाई सघाउनु पर्छ भन्ने उद्देश्यले हेवि इक्युपमेन्ट महासंघको निर्णय अनुसार ध्वस्त संरचनाहरु साथै अवरुद्ध सडकहरु सञ्चालनको लागि निःशुल्क सेवा दिने निर्णय अनुसार रेडियो नेपालमा कोमल ओलिसंगको अन्तरर्वाताको क्रममा घोसणा गरियो । सोही अनुरूप देशैभरी सेवा प्रदान गरियो ।

    मुलुकमा एक पछि अर्को गर्दै समस्याहरु थपिदै गए ‚ जसमा कोरोना महामारिले भयावह स्थिति निम्त्यायो । सो समयमा व्यक्तिगत तफर्बाट वाफल रिङरोडमा बसेर समस्यामा परेका सयौ घरपरिवारलाई ५५ हप्तासम्म निरन्तर रुपमा खानाको व्यवस्था गरियो । त्यतिखेरै अस्पतालमा रहेका विरामीहरुलाई सेतो रगतको निकै अभाव भयो । सो समस्या निराकरणको लागि काठमाडौँ रिङरोडमै प्रत्तेक हप्ताको बुधवार रक्तदान कार्यक्रम राखेर विरामीको उपचारमा सहजताको वातावरण बनाईयो । समाजमा धेरै सामाजिक कार्य गरेको उच्च मुल्याङकन गर्दै राष्ट्रपतिबाट प्रवल जनसेवाश्री पद्वीबाट साथै अन्य विबिध पाँचसय भन्दा धेरै सम्मान पाय । यस्ता सम्मानले थप हौसला मिलेको छ ।

    छोराछोरीहरुले मैले गर्दै आएको व्यवसाय राम्रोसंग अगाडि बडाएका छन् ‚ जसले गर्दा मलाई समाजसेवामा निरन्तर अगाडि बढ्न थप अवसर मिलेको छ । परिवारको साथ सहयोगले गर्दा थप हौसला मिलेको छ । परिवारको तर्फबाट आफ्नो कमाईबाट मासिक दुइलाख समाजसेवामा खर्च गर्नको लागि छुट्याउने गरेको छ । सो रकम बाट समाजमा रहेका अशक्त ‚ अशहाय‚ भिन्न क्षमता भएका साथैै विद्यार्थिहरुलाई सघाउदै आएको छु । जसमा ह्वीलचियर वितरण ‚ न्यानो कपडा ‚ स्टेशनरी लागाएको सामाग्रि वितरण गर्दै आएको छु ।

    व्यवसाय सञ्चालनकै क्रममा विस्वको विभिन्न ३० मुलुकमा भ्रमण गर्ने अवसर पाय जसबाट समाजसेवा साथै विकास निर्माण र सरकारी निकायबाट सेवाग्राहिले सहज ढंगबाट प्राप्त गर्ने सेवाको वारेमा समेत सिक्ने अवसर प्राप्त भयो । सोहि अनुभवको अगाडि बढ्ने कोशिस गरे तर संभव रहेन । धेरै प्रयासहरु गरियो नीति नियम निर्माण गर्ने तहमा निकै सुझावदिंदा सम्भव नभएकोले सोही स्थानमा पुग्ने मनसायकोे क्रममा २०७९ मंसिर ४ गते सम्पन्न संघिय तथा प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा प्रदेश सभामा उम्मेदवारी दिए तर झिनो मतान्तरले पराजय भए । नीति निर्माणको तहमा पुगेर जनअपेक्षा अनुसारको कार्य गर्नुपर्छ भन्ने सोच निरन्तरता छ । सोही क्रममा हाल राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएर काभ्रेपलाञ्चोक क्षेत्र नं २ को क्षेत्रिय सभापतिको जिम्मेवारी सम्हाल्दै आएको छु ।

    राजनीतिक क्षेत्रमा होमिदै गर्दा आफ्नो राम्रो आम्दानिको स्रोत नभए जन अपेक्षा अनुसारको निस्पक्ष ‚ निस्वार्थ र कलंङ्क रहित काम गर्न सकिदैन । किनकि जिम्मेवारी सम्हालेपछि जनताको कामको लागि दौडधुप गर्दा आवश्यक खर्च आफ्नै कमाइले पुग्नुपर्छ । यदि आफ्नो कमाई छैन भने सो विबिध खर्च गर्ने स्रोत कतै न कतैको चुहावट नै हो । त्यसैले राजनीति गर्ने दौरानमा आवश्यक खर्च व्यवस्थापन मेरो परिवारले उपलब्ध गराउन सक्षम भएकोले अगाडि बढेको छु । मलाई म आवद्ध पार्टी साथै काभे्रेली जनताले विस्वास गरेमा नीति निर्माण तहमा जानको लागि तयार छु । डा कुँवरले कुराकानीको क्रममा बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार