२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

दुई करोडको कारोबार गर्ने संस्थाको झण्डै ५६ लाख जगेडा कोषको व्यवस्था‚ स्थापनाकालदेखि निरन्तर रुपमा १५ प्रतिशत लाभांश वितरण 


१२४५५ पाठक संख्या
  • २०८२ पौष १९, शनिबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । १७ वर्ष अगाडि स्थापना भएको सहकारी संस्थाले चमत्कारी ढङ्गबाट अगाडि बढेको छ । ग्रामीण बस्तीमा रहेको संस्थाले यति धेरै राम्रो कार्य गरेकोले सबैको साथ पाउनु अस्वभाविक हैन ।

    उक्त भनाई पाँचखाल नगरपालिका वडा नं १३ को निर्वाचित जनप्रतिनिधि नरहरि खकुरेलले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं १३ कोशिदेखामा रहेको कोसीदेखा बचत तथा ऋण सहकारी संस्था लि.को १७ औं बाषिर्क साधारण सभाको उद्‌घाटन गर्ने क्रममा बताउनु भएको थियो ।

    कार्यक्रमको उद्‌घाटन गर्दै प्रमुख अतिथि खकुरेलले थप्नुभयो—सोच नेपाल नामक संस्थाले ग्रामीण बस्तीमा सहकारी संस्थाको आवश्यक रहन्छ भनी ५० हजार बिउ पुँजी समेत दिएर सुरुभएको संस्थाले चमत्कारी ढङ्गबाट कार्य गर्दै आएको छ । २७ जना संस्थापक शेयर सदस्यहरूबाट सुरुभएको उक्त संस्थामा हाल ४७३ जना शेयर सदस्य रहेका छन् । गाउँघरमा रहेर राम्रो काम गर्ने संस्थालाई हामी सबैले साथ दिदा सबैको भलाई हुन्छ । यस्तो अव्बल कार्य गर्ने संस्थालाई स्थानीय सरकारको तफर्बाट गर्नुपर्ने सबै खाले सहयोग गर्नु हाम्रो कर्तव्य हो । खकुरेलले भन्नुभयो ।

    कार्यक्रममा सञ्चारकर्मी ईश्वरी राजकुमार मैनालीले संस्था सङ्ख्यात्मक भन्दा गुणात्मक ढङ्गबाट अगाडि बढेकोमा खुसी व्यक्त गर्नुभयो । संस्था शेयर सदस्यको हितको लागि स्थापना भएको व्यवहारले प्रस्ट भयो । ४७३ जना शेयर सदस्य बिच कारोबार गर्दै अगाडि बढ्ने क्रममा १३ लाख १० हजार ५०० शेयर रकम र निक्षेप रकम १ करोड २२ लाख २१ हजार १८३ रहेको छ । संस्थाले १ करोड ९४ लाख २२ हजार ३१ रुपैयाँको कारोबार गर्दै गर्दा १० लाख ७ हजार ६६२ नाफा हुनु र ५५ लाख ८० हजार ७९२ रुपैयाँ जगेडा कोषको व्यवस्थाले संस्थाको भविष्य सुनौलो रहेको ठोकुवा गर्नुभयो । उहाँले थप्नुभयो संस्थाको स्थापनाकाल बाट हाल सम्म निरन्तर रुपमा १५ प्रतिशत लाभांश वितरण गर्दै आउनुले शेयर सदस्यहरूको हितमा संस्था रहेको प्रस्ट भएको धारणा राख्नुभयो ।

    संस्थाले खर्चलाई अत्यन्त न्यूनिकरण गर्दै अगाडि बढाउनुनै शेयर सदस्यको हित हुनु हो । संस्थाले कार्यलय खर्चमा जम्मा १ लाख ३३ हजार ९०९ ‚ कर्मचारी खर्चमा १ लाख ३० हजार ‚ साधारण सभा खर्च‚ लेखापरीक्षण शुल्क‚ स्थानीय निकायमा नवीकरण ‚ विद्यालय तथा मन्दिरमा सहयोग समेत गरि १ लाख ८ हजार ९१५ खर्च भएको छ । गत वर्षको तुलनामा २६ हजार ३७८ कम खर्च गरेको छ । यसरी खर्चमा कमि हुनु र आम्दानी निरन्तर रुपमा वृद्धि हुनु भनेको संस्थाको विकास तीब्र गतिमा अगाडि बढ्नु हो । सञ्चारकर्मी मैनालीले बताउनु भयो ।

    संस्थाको अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष राम शरण उप्रेतीले संस्थाले निकै राम्रो फड्को मार्नुमा संस्थापक अध्यक्ष उद्धव कृष्ण खरेलको साथै पुर्व संञ्चालक र संस्थाको शेयर सदस्यहरूको योगदान रहेको बताउनु भयो । कोषलाइ मजवुत वनाउको लागि सहकारीका संञ्चालकहरु दिनरात खटेर अगाडि बढ्दा संस्थाले राम्रो उपलब्धि हासिल गरेको बताउनु भयो । संस्थाले ६८ लाखमा १५ आना जग्गा र दुई कोठे भवन खरिद गरेका छौं । आगामी दिनमा सोहि स्थानमा कार्यालय सञ्चालन गर्ने वताउनु भयो । उहाँले थप्नुभयो “म धेरै सहकारीमा आवद्ध छु ‚ अन्य सहकारीको अवस्था र कोशीदेख बचत तथा ऋण सहकारीको अवस्था नियाल्दा हामी अव्बल छौं । ”
    संस्थाको शेयर सदस्य नवराज पाण्डेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा संस्थाको उपाध्यक्ष भिव वहादुर विस्वकर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा श्रीराम माविका शिक्षक एवं संस्थाको शेयर सदस्य केशव न्यौपाने ‚ संस्थापक कोषाध्यक्ष एवं जनजागृती प्रा.विका प्रधानाध्यापक हेमभक्त खरेल लगायतका बक्ताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा संस्थाका पुर्व सञ्चालकहरु नवराज पाण्डे ‚ हेम भक्त खरेल ‚ ज्ञान वहादुर ढलकोटी ‚ राम वहादु तमाङ लाई सम्मान गरिएको थियो । त्यसैगरी संस्थामा नियमित बचत कर्ताहरु मध्यबाट दुई जना ‚ अशल ऋणि दुइ जना र एसइइ परिक्षामा उत्कृष्ट अङ्क हासिल गर्ने दुई जनालाई नगद सहित सम्मान गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ९%३%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार