२०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

सिम्थलीमा कांग्रेस लहर: रास्वपा उम्मेदवारको वडामै २० जना पार्टी प्रवेश


२३९३ पाठक संख्या
  • २०८२ फागुन ३, आईतबार मा प्रकाशित ९ घण्टा अघि
  • काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ सिम्थलीमा विभिन्न राजनीतिक दल परित्याग गरी २० जना नेपाली कांग्रेस मा प्रवेश गरेका छन्। आसन्न निर्वाचनको सन्दर्भमा भएको यो प्रवेशलाई स्थानीय तहको राजनीतिक शक्ति सन्तुलनमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ।

    नवप्रवेशीहरूलाई कांग्रेसका उम्मेदवार मधु आचार्य, पालिका सभापति जितेन्द्रमान तामाङ (दावा) लगायतका नेताहरूले एक कार्यक्रमका बीच स्वागत गरेका हुन्। कार्यक्रममा बोल्दै उम्मेदवार आचार्यले लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन र पारदर्शी विकासको एजेण्डालाई स्थापित गर्न कांग्रेसप्रति जनसमर्थन बढ्दै गएको दाबी गरे। उनले भुम्लु गाउँपालिकामा शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी तथा कृषि क्षेत्रमा देखिएका समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

    “जनताको चाहना स्थिरता, सुशासन र दिगो विकास हो। त्यसलाई संस्थागत गर्न कांग्रेसको नेतृत्व अपरिहार्य छ,” आचार्यले भने। उनले सिम्थलीसहित पालिकाभर संगठन विस्तार अभियान तीव्र पारिने र जनसम्पर्कलाई थप प्रभावकारी बनाइने बताए।

    पालिका सभापति तामाङले पार्टीमा प्रवेश गरेका नयाँ सदस्यलाई सक्रिय भूमिकामा रही संगठन सुदृढीकरण, मतदाता समन्वय र जनचेतनामूलक कार्यक्रमहरूमा अग्रसर हुन आग्रह गरे। उनले पार्टीभित्रको एकता र अनुशासनलाई बलियो बनाउँदै आगामी निर्वाचनमा उल्लेखनीय नतिजा ल्याउने लक्ष्य रहेको स्पष्ट पारे।

    कांग्रेसमा प्रवेश गर्नेहरूमा साधुराम खड्का, यज्ञबहादुर भण्डारी, प्रेमकुमारी खत्री, जीवन खत्री, माकुरी पहरी, अक्कले पहरी, टंकबहादुर पहरी, लोकबहादुर थापा, श्रीबहादुर पहरी, सम्भु पहरी, सुन्तली पहरी, गोमा पहरी, गकुली पहरी, रामकुमारी पहरी, गोविन्द पहरी, रामबहादुर पहरी, रुद्रबहादुर पहरी, (अर्का) लोकबहादुर थापा, कृष्णबहादुर खत्री र मौसम भण्डारी रहेका छन्।

    उक्त वडा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बदन भण्डारीको वडा हो। रास्वपाको प्रभाव क्षेत्र मानिने सिम्थलीमा कांग्रेस प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा विशेष अर्थका साथ विश्लेषण गरिएको छ। जानकारहरूका अनुसार यस घटनाले वडास्तरको चुनावी समीकरणमा नयाँ तरंग ल्याएको छ र आगामी प्रतिस्पर्धा थप रोचक तथा कडा बन्ने संकेत देखिएको छ।

    स्थानीय बासिन्दाहरूका अनुसार पछिल्लो समय विकासका मुद्दा, रोजगारी, पूर्वाधार र सेवा प्रवाहप्रति जनचासो बढ्दै गएको छ। यसै सन्दर्भमा दलहरूबीच जनसमर्थन आकर्षित गर्ने प्रतिस्पर्धा तीव्र बन्दै गएको देखिन्छ। सिम्थलीमा भएको पछिल्लो पार्टी प्रवेशले भुम्लु गाउँपालिकाको समग्र राजनीतिक माहोललाई थप चलायमान बनाएको विश्लेषण गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार