२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

आज मंगलबार, यस्तो छ-गणेश भगवानको महिमा


९१६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख ३०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • हाम्रा पूरै धर्मग्रन्थहरुले गणेशजीलाई प्रथम पूज्यदेव भनेर मान दिइएको छ । त्यसैले जुनसुकै शुभ–कार्यको सबभन्दा पहिले गणेशजीको वन्दना गरिन्छ । भाद्र शुक्लपक्ष चतुर्थीको दिउँसो १२ बजे जन्मनुभएको श्रीगणेशजीलाई सबै देवताहरुको सम्मान र शक्ति प्राप्त छ । विघ्न हरण गर्ने एकमात्र देवताका रुपमा पूज्य गणेशजी सबै बाधा हटाइदिने र मनोकामना पूरा गरिदिनुहुने देवता हुनुहुन्छ । श्री गणेशजी निष्कपटता , विवेकशीलता , अवोधता एवम् निष्कलङ्कता प्रदान गरिदिनुहुने एकमात्र देवता हुनुहुन्छ ।

    भगवान गणेशजीका सम्बन्धमा धेरै कथाहरु प्रचलित छन् । गणेशजीलाई गजानन गणेश भनाउनमा स्कन्दपुराणमा उल्लेखित अत्यन्तै प्रसिद्ध कथा यसप्रकार छ: एक समय जब माता पार्वती मानसरोवरमा स्नान गरिरहनुभएको थियो तब उहाँले स्नानस्थलमा कोही आउन नसकुन् भनेर आफ्नो मायाले गणेशजीलाई जन्म दिएर “वाल गणेशलाई ” पहरा दिनका लागि नियुक्त गर्नुहुन्छ ।

    त्यसैबेला भगवान शिव त्यहाँ आउनुहुन्छ । गणेशजीले शिवजीलाई रोकेर भत्रुहुन्छ कि तपाइँ त्यहाँ जान सक्नुहुत्र । यो सुनेर भगवान शिव अत्यन्तै रिसाउनुहुन्छ र गणेशजीलाई हट्नका लागि अनुरोध गर्नुहुन्छ तर गणेशजी हट्नुहुत्र । तब दुबैजना बीच युद्ध हुन्छ । युद्धमा क्रोधित भएर शिवजीले वालगणेशको शिर धडबाट अलग गरिदिनुहुन्छ ।

    जब पार्वतीले शिवजीले यस्तो कार्य गरेको थाहा पाउँदछ विलाप र क्रोधबाट प्रलय सृजना गरेर भन्दछिन् कि तिमीले मेरो पुत्रलाई मार्यौ । माताको रौद्ररुप देखेर शिवजीले एउटा हात्तीको शिर गणेशजीको धडमा जोडिदिएर गणेशजीलाई पुनः जिवीत गरिदिनुहुन्छ । त्यसैबेलादेखि गणेशजीको टाउको हात्तीकोजस्तो हुन थाल्यो र त्यसैबेलादेखि गणेशजीलाई गजानन गणेशको रुपमा पुजिन थालियो ।

    इतिहास जनश्रुती , किँबदन्ती , र प्रचलित लोककथा एवम् आफ्ना कल्पनाशक्तिको मिश्रणद्वारा विद्वान लेखक वासुपासाद्वारा इतिहासको सङ्गालो कान्तिपुर भत्रे २०५३ सालमा प्रकाशित पुस्तकमा उल्लेख गरिएको “अशोक विनायक ” शीर्षकको कथा आजको यस अशोक विनायकको स्मारिकामा उल्लेख गर्न उपयुक्त ठानेको छु ।

    जुन कथा यसप्रकार छ :

    यतिखेर जहाँ अशोक विनायकको मन्दिर रहेको छ त्यस समयमा त्यहाँ झ्याम्म झाँगिएको एउटा अशोक वृक्ष मात्र रहेको थियो । एकजना किसान खेतमा जाँदा त्यही बाटो गरी जानेगर्दा सधैं एउटा सेतो छुचुन्द्रो त्यही रुखको फेदबाट माथि–तल गर्दै त्यस किसान समक्ष आई नाच्दै–भाग्दै गर्ने गर्दथ्यो । एकदिन होइन , दुईदिन होइन , सधैं त्यसो गरेबाट एकदिन त्यो किसानले अशोकवृक्षमुनि बसेर माथि हेर्दै गर्दा उक्त छुचुन्द्रोले रुखका पातहरु टिप्दै झार्दै गर्न लाग्यो र एकैछिनमा भुइँमा पातहरुको थुप्रो लाग्यो । त्यसपछि रुखबाट छुचुन्द्रो तल ओर्ली कराउँदै , टाउको हल्लाउँदै त्यहाँ रहेको पातको थुप्रोमा आफ्नो टाउको घुसार्दै बारम्बार देखाउन थाल्यो । पछि “ लौ लौ भैगो भोलि तिमीले देखाएको ठाउँमा कोदाली ल्याई खनी हेर्नेछु । ” भनेपछि त्यो छुचुन्द्रो त्यही वृक्षको फेदबाट माथि गयो र किसान पनि आफ्नो बाटो लाग्यो ।

    भोलिपल्ट बिहानै त्यहाँ गई खनेर हेर्दा एउटा गणेशको मूर्ति र अर्को छुचुन्द्रोको ढुङ्गाको मूर्तिहरु फेला परे । त्यसपछि त्यो सेतो छुचुन्द्रो रुखबाट तल झरी त्यही खनेको माटो थुपारेको ठाउँमै अलप भैगयो । त्यसपछि उक्त गणेशको मूर्ति र छुचुन्द्रोको मूर्ति त्यही अशोकको वृक्षमा ठड्याई किसान घरतिर लाग्यो ।

    त्यसै रातमा गणेश भगवान प्रकटभै “तिमीहरु सबैको रक्षा गर्छु । ” भत्रुभयो । अनि भक्तहरुले त्यहीँ गणेश भगवान स्थापना गरी विना गजुरको मन्दिर बनाई अशोकको रुखमुनि रहेका गणेशलाई अशोक विनायक भनी दैनिक पूजा गर्न थाले ।

    गजुर नभएको मन्दिर भएकाले त्यहाँ हेर्न आउनेहरुले गजू मरु – ९ गजुर छैन ० भन्दाभन्दै अशोक विनायक भन्दै स्थानीय नेवारहरुले मरु गणेश भत्र थाले । वास्तवमा भुःति सत्तलको पछाडिपट्टि रहेको देवता अड्याउने स्थान मात्र रहेको तर देवता नभएको भिबुँचा ठाउँलाई नै “मरु” भत्रे गरिन्छ , यहीनै मरु टोल नाम रहनाको कारण हो । त्यहाँ रहेको सत्तललाई पनि मरुसत्तल भत्रे गरिएको छ । आजसम्म पनि अन्य गणेशस्थानहरुमा भन्दा अशोक विनायकमा भक्तहरुको बढी घुइँचो देखापर्दछ ।

    गणेशजीलाई लड्डु औधी मनपर्छ । यसबारे पद्यपुराणमा उल्लेख गरिएको कथा यसप्रकार छ :

    पूर्वकालमा पार्वतीदेवीलाई देवताहरुले अमृतले तयार पारिएको एउटा दिव्य लड्डु दिए । लड्डु देखेर कुमारजी र गणेशजीले मातासँग जिद्दी गरेर लड्डु माग्न थाले । तब माताले लड्डुको महत्वको वर्णन गरेर भत्रुभयो कि तिमीहरु मध्ये जसले धर्माचरणद्वारा श्रेष्ठता प्राप्त गरेर सर्वप्रथम सबै तीर्थको जसले भ्रमण गरेर आउँछ म उसैलाई यो लड्डु दिन्छु ।

    माताको यस्तो कुरा सुनेर कुमारले मयुरमा सवार भएर मुहूर्तभरमा सबै तीर्थको स्नान गरेर आउनुभयो । यता गणेशजी भने आफ्नो वाहन मुसा भएका कारण तीर्थ भ्रमण गर्न असमर्थ हुनुभयो । तब गणेशजीले श्रद्धापूर्वक माता–पितालाई परिक्रमा गरेर पिताजीको अगाडि उभिनुभयो । यो देखेर माता पार्वतीले भत्रुभयो “ सबै तीर्थमा गरेको स्नान , सबै देवतालाई गरेको नमस्कार , सबै यज्ञको अनुष्ठान तथा सबै प्रकारको व्रत , मन्त्र , योग र संयमको पालन यीसबै साधनाहरु माता–पिताको पूजाको सोह«अंशको बराबर पनि हुन सक्दैन । ”

    त्यसकारण गणेशजी सयौं पुत्रहरु र सयौं गणहरुभन्दा पनि धेरै हुनुहुन्छ । त्यसैले उहाँलाई गणनायक पनि भनिन्छ । पार्वतीमाताले भत्रुहुन्छ अतः यो लड्डु म गणेशलाई अर्पण गर्दछु । त्यसकारण यो लड्डुसँग माता–पिताको भक्ति पनि जोडिएको छ । हामीले गणेश भगवानलाई लड्डु अर्पण गरेर चढाउँदा यो उहाँले गर्नुभएको माता–पिताप्रतिको भक्ति भावलाई मनन गर्नु अत्यन्तै आवश्यक छ । उहाँको साथमा रहने लड्डु यसैको प्रतीक हो ।

    “ ग ” को अर्थ बुद्धि र “ ण ” को अर्थ ज्ञान हुन्छ । तसर्थ गणेश भगवान बुद्धि र ज्ञानका प्रतीक हुनुहुन्छ । भगवान गणेशको अर्को नाम “ विघ्नेश्वर ” पनि हो । उहाँ सबै बिघ्नबाधाहरुको निवारक पनि हुनुहुन्छ । उहाँले सबै कार्यहरु निर्बिघ्न गराउनुहुन्छ । भगवान गणेशको अर्कोनाम “विनायक” पनि हो विनायकको अर्थ उहाँको अरु कोही नायक छैन र उहाँनै सर्वश्रेष्ठ नायक हो भत्रे बुझिन्छ ।


    भगवान गणेश सबै शक्तिका श्रोत पनि हुनुहुन्छ । हुनत हाम्रा सबै देवीदेवताहरुमा दातापन छ तर गणेशजी मङ्गलदाता हुनुहुन्छ । गणेशजी हाम्रो सोच , चिन्तन , धारणा र व्यवहारमा यसकारण पूजनीय छ कि उहाँ गुणहरुको खानी हुनुहुन्छ । उहाँमा सबै गुण र शक्तिहरु शोभायमान छ । उहाँ देवताहरुमध्ये गुणको देवता हुनुहुन्छ । साँच्चिक्कै भत्रे हो भने हाम्रा देवताहरुको पवित्र नजरमा भलाइ गर्ने दैविक शक्ति छ । गणेशजी हाम्रो बोली , सङ्कल्प , दृष्टि , चलन व्यवहारलाई पवित्र बनाइदिनुहुने देवता हुनुहुन्छ ।

    गणेशजीको आँखा सानो छ जस्ले हामीलाई सूक्ष्म हेराइ हुनुपर्छ भत्रे ज्ञान दिलाउँछ । गणेशजीका ठूला दुइटा कानले बताउँछ कि हामीले दुनियाँको सबैको कुराहरुलाई सुत्रुपर्छ भत्रे ज्ञान दिलाउँछ । गणेशजीको सानो मुखले हामीले थारै बोलौं ठीकमात्र बोलौ भत्रे ज्ञान दिलाउँछ । गणेशजीको दुइटा दाँत छ एउटा अखण्ड र अर्को खण्डित । अखण्ड दाँत श्रद्धाको प्रतीक हो । यानेकी श्रद्धा सधैं भइरहनुपर्दछ । खण्डीत दाँत बुद्धिको प्रतीक हो । यसको तात्पर्य हो एकपटक बुद्धि भ्रमित भएपनि श्रद्धा डगमगाउनु दिनु हुँदैन ।

    गणेशजकिो ठूलो शिर विवेकको प्रतीक हो । गणेशजीको ठूलो पेटले सहनशीलतालाई पचाउनुपर्छ भनेर सूचित गर्दछ । उहाँको विशाल उदर उदारताको प्रतीक हो । गणेशजीको ॐ को प्रतीक सुँडले अद्भूत किसिमले परख गर्नुपर्दछ भनेर सिकाउँदछ । गणेशजीको कम्मरको नाग विश्व कुण्डलिनीको प्रतीक हो भने नागको फण जागृत कुण्डलीनीको प्रतीक हो ।

    गणेशजीको वाहन मुसा हो । मुसाले जे पनि खाएर , काटेर विगार्ने काम गर्दछ । गणेशजीको वाहन मुसा किन भयो भनेर यसरी जात्र सकिन्छ किनकी हामीले मुसाको जस्तो यस्ता बिगार्ने कामहरुलाई बसमा राख्नु पर्दछ , दवाएर राख्नुपर्दछ चाहे त्यो जत्तिसुकै सानो किन नहोस् । त्यसर्थ हामीले यसरीनै सधैं गणेश भगवानको प्रेरणाले विकारलाइ दबाएर राख्नु पर्दछ ।

    त्यसकारण गणेशजीको आकृतिलेनै स्पष्ट रुपले सिद्ध गर्दछ कि उहाँको स्वरुप साँच्चिक्कै दैवीक गुणको आकृति हो । गणेशनै एउटा यस्तो पारसको मूर्ति हो जस्लाई हाम्रो आत्माले छुन सकेमा हाम्रो बेकारी जीवन सुनौलो बत्र सक्दछ । गणेशजी यस्तो विघ्न–विनाशक मङ्गलमूर्ति देवता हुनुहुन्छ जस्को दर्शन मात्रले पनि हाम्रा सबै विकारहरु नास भइ जान्छ । गणेशजीको पूजा गर्दा , उहाँलाई स्मरण गर्दा , दर्शन गर्दा यी माथि उल्लेख गरिएका प्रतीकहरुको अर्थ बुझेर हामीले प्रार्थना गर्यौं भने हाम्रो प्रार्थना अवश्यनै सफल हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार