२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

पिपलको बोटमा पुजा गर्दा के कस्ता चमत्कारीक फाइदा मिल्छ ?


४२७८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ३, शनिबार मा प्रकाशित ३ साल अघि
  • पिपल बहुउपयोगी वनस्पति हो । सबैभन्दा धेरै अक्सिजन उत्पादन गर्ने पिपल वैज्ञानिक रुपमा जति उपयोगी मानिन्छ धार्मिक रुपमा पनि त्यतिकै महत्वपूर्ण छ ।

    अथर्ववेदको उपवेद आयुर्वेदमा पनि धेरै रोगको उपचार गर्न पिपल उपयोगी हुने वर्णन गरिएको छ । औषधीय गुणहरुको कारणले पिपलको रुखलाई ‘कपवृक्ष’ भनिन्छ । यसको बोक्रा, पात, फलफुल, बीउ आदी सबै पिपलको तत्वहरु सबै प्रकारका बिरामीको लागि उपचारमा प्रयोग गर्न सकिन्छ ।

    हिन्दु धर्ममा पिपललाई अमृततुल्य मानिएको छ । यसमा धेरै अक्सिजना हुने हुनाले प्राणवायुको भण्डारण भन्ने पनि गरिन्छ । पिपलको पातलाई सिरानमुनि राखेर सुत्दा अक्सिजनाको कमी नहुने विश्वास गरिन्छ । पिपलको छायाँमा स्वस्थ अक्सिजन प्राप्त गर्न सकिन्छ । यसले वातावरणलाई सन्तुलनमा राखि मानसिक शान्ति पनि दिन्छ ।

    स्कन्द पुराणमा वर्णन गरिए अनुसार पिपलको रुखमा सबै भगवानहरु वास बस्छन् । हरेक मंगलबार पिपलको रुखमा पानी चढाएर ३ पटक फेरो लगाउदा गरिबी, शोक र दुर्भाग्य हट्न सक्छ । अश्रत्थ व्रत गर्दा कन्यालाई सौभाग्य प्राप्ति हुन्छ ।

    शनिबार पिपलको रुखमा पूजा गरेर कालो तिलको साथमा रायोको तेलको दियो बालेर सात पटक परिक्रमा गर्दा शनिको कष्ट कम हुन्छ । साउन महिनाको शनिबार पिपलको रुखमुनि हनुमानको पूजा गर्दा सबै प्रकारको संकटबाट छुटकारा पाउन सकिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार