२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

घटस्थापनाको महत्व र बिध यस्तो रहेको छ


६३५५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक १, शनिबार मा प्रकाशित ३ साल अघि
  • –दिनेश राज खरेल

    सारा हिलो मैलो हटे सँगै नेपालीहरुको घर–घरमा दशंैले प्रवेश गरेको छ । दशै नेपाली हिन्दुहरुको विशेष चाडहो । यसलाई विजयादशमी पनि भनिन्छ । नेपालीहरुले दशैलाई १५ दिन अर्थात घटस्थापना देखि कोजाग्रत पूर्णिमा सम्म मनाउने गर्छन् ।

    दशैको आफ्नै धार्मिक, साँस्कृतिक र ऐतिहासिक महत्व रहेको छ । दशैमा नवरात्रलाई विशेष महत्वका साथ लिने गरिन्छ । नवरात्री घटस्थापना देखि सुरु हुन्छ । घटस्थापनादेखि महानवमीको नौ दिनलाई नवरात्री भनिन्छ । नवरात्रीको पहिलो दिन घटस्थापना हो । “घट”भन्नाले कलश भन्ने बुझिन्छ र स्थापनाको अर्थ राख्नु हो । समग्रमा घटस्थापना भन्नाले कलश स्थापना गर्नु भन्ने हो । समग्रमा घटस्थापना भन्नाले कलश स्थापना गर्नु भन्ने अर्थ लाग्दछ । सो कलश माटोको हुनु पर्ने मान्यता छ ।

    घटस्थापनाको दिन हिन्दु धर्मावलम्विहरुको घर–घरमावा सामुहिक रुपमा मन्दिर अथवा देवालयमा जमरा राख्ने गरिन्छ । जौ को अ्रकुरणलाई जमरा भनिन्छ । उक्त जमरालाई नवरात्रीको नौ दिन सम्म पुजा गरिन्छ र दशमिको दिन विधिपूर्वक काटेर टिका, जमरा प्रसादको रुपमा ग्रहण गरिन्छ ।

    घटस्थापनाको पहिलो दिनलाई जमारे औँसी पनि भनिन्छ । यस दिन घरको पूजाकोठा सरसफाई गरिन्छ । जमरा राख्ने स्थानमा लिपपोत गरी विभिन्न रङले सिंगारिन्छ । भूइमा गाईको गोवरले लिपेर उक्त स्थान पवित्र वनाईन्छ । त्यहाँ माटो र बालुवाको समिश्रण बनाई जौ, मकै, गहँु इत्यादि छरिन्छ । जमरा छरेको स्थान दुर्गा पूजागर्ने ठाउँ पनिहो । भूई वा टपरीमा माटो भरेर विचमा माटोकै घडा स्थापना गरिन्छ । त्यो घडामा पानी भरिन्छ र घडालाई गोबरले लिपेर जौ तथा मकै रोपिन्छ, दियो र गणेश स्थापना गरी दुर्गा भवानी वा कालीको फोटो अथवा मुर्ति राखेर विशेष पूजा–आराधना गरिन्छ । यसरि घटस्थापना गरीसकेपछि दुर्गा भवानीलाई विभिन्न फलफूल तथा लड्डु मिठाई र पकवान प्रसादको रुपमा अर्पण गर्ने गरिन्छ ।

    शक्तिकी प्रतिक देवीलाई स्थापना गरेको दिनदेखि नौ दिनसम्म विभिन्न स्वरुपमा ध्यान, पूजा तथा उपासना गरिन्छ । यसरी शक्ति र शान्तीको पूजा, ध्यान, पाठ, भक्ति, उपासना गर्नाले तन, मन, धन शुद्ध भई सुख, शान्ती र अमनचयन प्राप्तहुने धार्मिक मानयता रहि आएको छ । लगातार नौदिन दुर्गा भवानीको साधना गर्नाले आत्मा शुद्धभई परमात्मासँगको योग लाग्ने सम्भावना वढीहुने तथ्यलाई पण्डित तथा विद्धानहरुले स्विकार गरेकाछन् ।

    पहिलो दिन शैलपुत्रीको रुपमा देविलाई पूजागरिन्छ । शैलपुत्रीलाई जयन्ती वा भद्रकाली पनि भनिन्छ । त्यसैले “जयन्ती मंगलाकाली भद्रकाली कपालीनी”भन्ने संस्कृत शब्दको मन्त्रले उच्चारण गर्दै प्राथना गरिन्छ । परापूर्वकालमा राजा हिमालय र मेनकाकी सुपुत्रीको रुपमा देवी शैलपुत्रीको जन्मभएको कथाहरु पुराणमा सुन्न पाइन्छ । हिमालयका थुप्रै छोरीहरुमध्य शैलपुत्री एक हुन् ।

    उनलाई माता पार्वतीको अर्काे स्वरुप पनि भएको भन्ने भनाई चलि आएको छ ।
    यसरी शैलपुत्रीको विभिन्न स्वरुपलाई नौ दिन सम्म आराधना गरिन्छ । उनको फरक – फरक स्वरुप मध्य ब्रमहाचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कालरात्री, महागौरी र सिद्धि दात्री नामले परिचित छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार