२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

पूजा गर्दा ध्यान दिनुपर्ने ५ कुरा


३०२१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र ६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • हिन्दू धर्ममा पूजापाठको महत्वपूर्ण स्थान रहने गरेको छ । अधिकाशं हिन्दुहरुको घरमा देवीदेवताको पुजाकालागी कोठा वा क्षेत्र छुट्याइएको हुन्छ ।

    मान्यता अनुसार नियमित पुजापाठ गर्दा मनोकामना पुरा हुने र मनमा शान्ति मिल्ने गर्दछ । तर नियमित पूजापाठ गर्दा पनि मन अशान्त रहन्छ र उचित फल पाइरहनु भएको छैन भने पूजाको क्रममा केही गल्ती भएको हुन सक्ने धार्मीक मान्यता रहेको छ । त्यसैले पूजाका क्रममा केही सामान्य नियम पालनातर्फ ध्यान दिन शास्त्रले सुझाएको छ ।

    १. घरको पुजाकोठा वा स्थान हमेशा ईशान कोण अर्थात उत्तर पूर्व दिशामा हुनु पर्दछ । यो दिशा भगवानको मन्दिरकालागी सबैभन्दा शुभ मानिन्छ । तर भुलवशं घरको पूजा स्थल पश्चिम वा दक्षिण पश्चिम दिशामा भए यसले लाभ नदिने धार्मीक मान्यता छ ।

    २. घरमा पूजा गर्दा पूजाकर्ताले भगवान भएतर्फ ढाड फर्काएर बस्नु हुदैन । यसले नकारात्मक फल दिने धार्मीक मान्यता रहेको छ ।

    ३. कतिपय मानिसहरु भूईमा नै बसेर पूजा गर्दछन् । तर पूजा गर्दा आसनको प्रयोग गर्नु पर्दछ । मान्यता अनुसार बिना आसन पूजापाठ गरेमा दरिद्रता आउने गर्दछ । साथै आसन सफा हुनु पर्दछ । यदि आसन नभएमा कम्बलको प्रयोग गर्नु पर्दछ ।

    ४. यदि घरमा पूजाकोठा वा पुजा स्थान वा मन्दिर नभएमा पनि नियमित साँझ बिहान एउटा दियो बाल्नु राम्रो मानिन्छ ।

    ५. हिन्दु धर्ममा भगवान विष्णु, गणेश, शिव, सूर्य र दुर्गालाई पञ्चदेव भनिन्छ । तसर्थ नियमित पूजाका क्रममा यी पञ्चदेवको विशेष पूजा गर्नु पर्दछ । यसो गरेमा घरमा सुख समृद्धि प्राप्ति हुने धार्मीक मान्यता छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार