२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

भगवान शनिको पूजामा अपनाउनोस् यस्तो विधि, पक्का मिल्छ पुण्य


२८०४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र २८, शनिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौँ – शनिबार भगवान् शनिदेवको पूजा आराधना गरी ग्रह दशा हटाउने दिन पनि हो । दशा हटाउनको लागि मानिसहरु एकाबिहानै नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिर जाने गर्छन् ।

    धार्मिक ग्रन्थहरुमा शनिबारलाई विशेष दिनको रुपमा मान्ने गरिएको छ । त्यसैले पनि यसदिन पूजापाठ बढी गरीन्छ । बिहान सबेरै उठेर पिपलको बोटमा पानी चढाउनेहरु पनि उत्तिकै हुन्छन् ।

    ब्रमाण्डका नौ ग्रहहरूमा, शनिलाई न्यायाधीश मानिन्छ । त्यसैले उनको पूजा आराधना गर्नाले मनमा शान्ति परिवारमा सुख तथा काममा सफलता मिल्छ ।

    – शनिबार पारेर फलामका सामग्री शनिदेवको मन्दिरमा चढाउनुपर्छ ।

    – हरेक शनिबार शनिको पूजा गर्नुहोस् ।

    – पिपलको बोटमा पनि विशेष पूजा गर्नुहोस् ।

    – खुर्सानीमा पानी छर्कनु पनि राम्रो मानिन्छ ।

    – शनिबार कालो तिल दान गर्नुहोस्।

    – ज्योतिष शास्त्रका अनुसार छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ।

    – हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्।

    – हर शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप बाल्नुहोस् ।

    – नुवाईधुवाई गरी हनुमान चालीसाको पाठ गर्नुहोस् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार