२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

नागलाई पनि नाग देवताको रुपमा पुज्ने चलन छ


४२७४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण २८, बिहिबार मा प्रकाशित २ साल अघि
  • –दिनेशराज खरेल
    हरेक वर्ष ऋतुमा झैँ यो वष पनि हिन्दुधर्मालम्बिको घर घरमा नाग पुजा (नाग पञ्चमी आईरहेको छ । हिन्दु परम्परा अनुसार देवताका विभिन्न स्वरुपलाई पुजा गरे जस्तै नागलाई पनि नाग देवताको रुपमा पुज्ने चलन छ । नागलाई विशेषत भगवान विष्णुको अंगरक्षक तथा भगवान शिवजीको गहनाको रुपमा लिने गरिन्छ ।
    बैदिक हिन्दु सनातन शास्त्र एउटा अपार र उदार धार्मिक दस्तावेज हो । यसले हरेक सजिव प्राणिलाई देवि देवताको प्रतिक मानेको छ । शास्त्रले पृथ्वीमा रहेका जलचर, थलचर तथा पशुपन्छिलाई पनि आवश्यकता र महत्वको आधारमा व्याख्या र उचित विश्लेषण गर्दै पुजनिय बनाएको छ । त्यसलाई मध्यनजर गर्दै जलचर प्राणी नागलाई पूजा गर्नुपर्ने मान्यता हिन्दु संस्कारमा रहि आएको छ ।
    नाग पुजा गर्ने चलन कहिलेवाट भयो भन्ने एकिन समय त छैन तर द्वापरयुग पछि यसको सुरुवात भएको अनुमान गर्न सकिन्छ । बेदव्यासको श्रीमद्भागवतमा आधारित भगवान श्रीकृष्णको सम्पूर्ण जिवनी ‘‘ लिला पुरुषोत्तम भगवान श्रीकृष्ण” नामक ग्रन्थ अध्यययनवाट ज्ञान लिन सकिन्छ । सो ग्रन्थका ‘‘ कालिय दमन” शिर्षकको कथालाई तथ्य र प्रमाणको रुपमा लिन सजिलो हुन्छ । साथै शास्त्र र पुराणहरुमा व्याख्या गरिएको छ ।
    जव भगवान श्रीकृष्णले यमुना नदिलाई कालिय नामक सर्पले दुषित पारेको छ भन्ने जानकारी पाउनु भयो तव यमुनामा गएर सो सर्पलाई अन्त जान वाध्य पार्नु भयो । उसले त्यहाँ बसेर सारा जिवजन्तु, चराचुरुङ्गी, किटपतङ्गलाई आतंकित पारेको थियो । भगवान श्रीकृष्णले कालियलाई सम्झाउँदै, फकाँउदै, दण्ड दिदै, यमुना छोड्न भन्नु भयो । तर उसले आफ्नो हठ छोडेन । यो कुल्सित बातावरणवाट यमुनालाई बचाउन भगवान श्रीकृष्णले कालियको जीवनलिला समाप्त पार्ने योजना गर्नु भयो ।
    यमुनालाई विषमुक्त बनाउन खोज्दा आफ्ना पतिको मृत्यू हुने भएकोले नागिनीहरु व्याकुल भए । पतिको सुर्ता खप्न नसकि नागिनीहरुले भगवान कृष्णको पुजा गर्ने तयारी थाले । उनीहरुले भगवान श्रीकृष्णको हर तरहले पूजा गरे । मीठा मीठा वाणीले प्रार्थना गरे । सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता हजुर नै भनी सेविका भएर सप्रेम, सभक्ति भगवानमा समर्पित भए । नागपत्नीका प्रार्थनावाट प्रशन्न कालियालाई भगवान श्रीकृष्णले क्षमा दिनु भयो र सपरिवार धन–दौलत, मणि–माणिक्य सहित समुन्द्रमागएर जीवन व्यतित गर्ने सल्लाह दिनु भयो । कालिय खुशी साथ भगवानको आर्शिवादले पूर्नजन्म पाएर बस्ता भए ।
    नागपञ्चमीको अवसरमा टाँसिने नागको फोटोमा तलाउको विचमा नाग ठडिएको देखिन्छ । सो नागको मुखमा भगवान श्रीकृष्ण शरिर भित्र पारेर बस्नु भएको छ । कृष्णले कालियको मुख भित्र पसेर आफ्नो लिला प्रहशन गरिरहनु भएको छ । बाहिरपट्टि जलाशयमा नागिनीहरु हात जोडेर प्रार्थना गरिरहेका देखिन्छन् ।
    तसर्थ हामी निष्कर्षमा पुग्न सक्छौ कि ‘‘मृत्युवाट आफ्ना पतिलाई बचाउन नागिनीले नागको स्वासनलिमा विराजमान भगवान श्रीकृष्णलाई पुजा गरेका छन् । मृत्यु जस्तो महाकष्टवाट छुटकारा पाउन हामीले नागपञ्चमीको अवशरमा भगवान श्रीकृष्ण वा विष्णु अवतारको विशेष पुजा गर्ने गर्दछौ भन्ने सिद्धान्तलाई विर्षनु हुन्न ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार