२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

दाम्पत्य जीवन सुखमय बनाउन नुनको प्रयोग


३९९४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन १९, मंगलबार मा प्रकाशित २ साल अघि
  • श्रीमान श्रीमतीबीच सानोतिनो विवाद हुनु सामान्य कुरा हो । तर बारम्बार बिना कारण यस्ता विवाद हुनु र विवाद बढ्दै झगडामा परिणत हुनु चाहीँ चिन्ताजनक मानिन्छ ।

    यस्तो स्थिति हुनुमा घरको वास्तु समस्या, कुण्डलीमा ग्रह दोष, आदी कारण हुनसक्छ । यस्तोमा यी दोष नाश गर्न केही सामान्य उपाय गरे दाम्पत्य जीवन सुखमय बनाउन सकिने धार्मीक विश्वास छ ।

    दाम्पत्य जीवन सुखमय बनाउने उपाय

    १. घरमा वास्तु दोषका कारण पैदा भएका नकारात्मक ऊर्जा झगडाको कारण बन्न सक्छ । यस्तोमा घरको भूईं पुस्दा पानीमा थोरै नुन मिलाएर पुसेमा घरमा शान्ती आउने विश्वास गरीन्छ ।

    २. हरेक दिन बिहान बेलुका पूरै घरमा कपूर बालेर घुमाएमा यसले पनि वास्तु दोष नाश गर्ने र घरमा सकारात्मक ऊर्जा आउने धार्मीक विश्वास छ ।

    ३. हरेक शुक्रवार माता लक्ष्मीको उपासनासंगै भगवान विष्णुको समेत पूजा गरेमा श्रीमान श्रीमतीबीचको विवाद क्रमश कम हुने धार्मीक विश्वास छ । यसकालागि पूजामा रस भएको मिठाई अर्पित गरी दुबैले यो प्रसाद खाएमा सम्बन्धमा मधुरता आउने धार्मीक विश्वास छ ।

    ४. बेसारको बोटको ७ गाठोलाई पहेलो धागोले बाधेर, बाधीएको गाठोहरु दाँया हातमा लिएर ’ॐ नमो भगवते वासुदेवाय नमः’ मन्त्रको ७ पटक जप गरे श्रीमान श्रीमतीबीचको सम्बन्धमा सुधार आउने धार्मीक विश्वास छ । यस्तोमा बाधिँएको ति गाठोलाई रातो कपडामा बाधेँर बेडरूममा कसैको नजर नपर्ने स्थानमा राखेमा वैवाहिक जीवनमा मधुरता छाउने धार्मीक विश्वास छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार