२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

लक्ष्मी पूजामा गर्नै नहुने यी १८ काम


४१५७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक १८, बिहिबार मा प्रकाशित २ साल अघि
  • आज घरघरमा लक्ष्मीपूजा गरिँदैछ । लक्ष्मी पूजाका दिन महालक्ष्मीको विधिपूर्वक पूजा गरिन्छ । लक्ष्मी पूजाका दिन देवी लक्ष्मीको आराधनासहित पूजा गर्नाले सुख, शान्ति र ऐश्वर्य मिल्ने विश्वास गरिन्छ । लक्ष्मी पूजाको दिन केही विशेष कुरामा ध्यान पुर्‍याउनु भने पर्छ । अन्यथा घर आएकी लक्ष्मीसमेत फर्किने जनविश्वास छ ।

    नगर्नुस् यस्ता काम:

    १. लक्ष्मीपूजाको दिन बिहान सबेरै उठ्नुहोस् । छिटो उठेर सरसफाइ सहित पूजापाठ गर्नुहोस् ।

    २. लक्ष्मीपूजाको दिन नङ काट्नु हुँदैन । साथै दाह्री वा कपाल पनि काट्नु हुँदैन ।

    ३. पूजा गर्ने स्थलमा क्रमशः बायाँबाट दायाँतर्फ भगवान गणेश, लक्ष्मी, विष्णु, सरस्वती र कालीको मूर्ति राख्नुपर्दछ । त्यसपछि लक्ष्मण, राम र सीताको मुर्ति राखेर पूजा गर्नुपर्छ ।

    ४. लक्ष्मीपूजाको दिन उपहार दिन जाँदा छालाको वस्तु धारण गर्नु हुँदैन । साथै उपहारमा मिठाइ समेत थपेर दिनुहोस् ।

    ५. लक्ष्मी पूजा गर्दा तालि बजाउनु हुदैन, साथै ठुलो आवाजमा आरती समेत गाउनु हुदैन ।

    ६. लक्ष्मीपूजाको दिन झुट बोल्नु हुँदैन, तथा घरमा फोहोर राख्नु हुदैन । दया र दानको भावना राख्नुपर्दछ ।

    ७. देवी लक्ष्मीको पूजा गर्दा भगवान विष्णु साथमा नराखी उपासना गर्नुहुँदैन । यसलाई अपूरो मानिन्छ ।

    ८. लक्ष्मीपूजाको दिन पूजा कोठा सफा र हरेक सामग्री मिलाएर राखिएको हुनुपर्छ ।

    ९. लक्ष्मीपूजाको रातभरि अनिवार्य दियो बालेर राख्नुपर्दछ ।

    १०. घरका सबै सदस्यले उत्तरतर्फ मुख फर्काएर उत्तरपूर्व दिशामा पूजा गर्नुपर्छ ।

    ११. पूजा गर्दा मात्र घिउमा दियो बाल्नुहोस्, दियो ११, २१ वा ५१ को संख्यामा हुनुपर्दछ ।

    १२. आराधना गर्ने गणेशको मूर्तिको बसेको हुनुहुँदैन साथै सुँड दायाँतर्फ फर्केको हुनु हुँदैन ।

    १३. लक्ष्मीपूजा गर्दा सकेसम्म रातो रंग भएका वस्तुको मात्र प्रयोग गर्नुपर्छ । अर्थात दियो, मैनबत्ति, फूल लगायतका वस्तु रातो हुनुपर्छ ।

    १४. लक्ष्मीपूजा गर्दा शुरुमा गणेशको पूजा गर्नुपर्छ । कुनै पनि पूजामा गणेशको आराधना पहिले गर्नुपर्छ ।

    १५. देवी लक्ष्मीलाई शान्तिप्रिय मानिन्छ, तसर्थ परिवारका सदस्यबीच सो दिन झगडा हुनुहुँदैन ।

    १६. लक्ष्मीपूजामा घरका सबै सदस्यले एकैसाथ मिलेर लक्ष्मीको आराधना गर्नुपर्छ ।

    १७. लक्ष्मीपूजाको दिन माछामासु, मदिरा तथा धूम्रपानको सेवन गर्नुहुँदैन ।

    १८. लक्ष्मी पूजाको दिन सकेसम्म सात्विक तथा शाकाहारी भोजन गर्नुपर्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार