२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

आज ४ माघ २०८२ आइतवार को राशिफल


२३६७ पाठक संख्या
  • २०८२ माघ ४, आईतबार मा प्रकाशित ३ हफ्ता अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    कार्यक्षेत्रमा सक्रियता र उत्साह देखिनाले आफ्नो प्रभुत्व जमाउन सकिनेछ। आर्थिक निर्णय गर्दा आजको दिन दुईपटक विचार गरेर खर्च गर्नुहोस्। परिवारसँगको सामिप्यता र उहाँहरुबाट पाएको सहयोगले मन प्रसन्न बनाउनेछ। सकारात्मक प्रयासले दीर्घकालीन लाभ हुने कार्यको थालनि हुने शुभ योग रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    पराक्रमी रुपमा गरेको कार्यमा सफलता निश्चित मिल्नेछ। आम्दानिमा वृद्धि भएतापनि खर्च नहोला भन्न सकिने स्थिती आज यहाँहरुका लागि छैन। स्वास्थ्यमा सजग रहनाले र खानपानमा ध्यान दिनाले रोगबाट मुक्ति मिल्नेछ। पुराना साथीसँग अप्रत्याशित भेट हुने प्रबल सम्भावना रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    सञ्चार र सूचना आदानप्रदानको बिषयबाट लाभ हुनेछ। आफ्नो जिम्मेवारी निभाउनसक्ने बानिले फाईदा हुनेछ। खर्चलाई कमाईको अनुरुप व्यवस्थापन गर्नुहोला। कुनै विशेष कुराले मनमा जरा गाड्न सक्छ त्यसैले मनको चञ्चलतालाई नियन्त्रणमा राख्नु उत्तम हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    भावनात्मक अस्थिरता हुनाले निर्णय सोचेझैँ गर्न गार्हो हुनसक्छ कृपया निर्णय गर्दा ध्यान राख्नुहोला। आर्थिक मामिलामा सतर्क रहनु लाभदायक हुनेछ। थकानले टाउको दुख्ने सम्भावना रहेकाले आराम र पर्याप्त निद्राले स्वास्थ्य सुधार गर्नेतर्फ जोड दिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    आत्मविश्वास र नेतृत्व क्षमता उच्च रहनाले सम्मानको काम हातालागि हुनेछ। आफ्नो ओज र तेजमा वृद्धि हुनाले टाढिएका आफ्ना नजिक हुनेछन्। पारिवारिक सम्बन्ध समधुर रहनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    पूर्ण योजनाका साथ काम गर्दा नतिजा मनको ईच्छा अनुकूल हुनेछ। प्रयासमा निरन्तरता रहदाँ कार्य सहज बन्नेछन्। आर्थिक स्थिति स्थिर र सबल रहनेछ। सजग र होसियार हुँदै धैर्यताका साथ आफ्नो काम सम्पन्न गर्दा अपेक्षित सफलता प्राप्त हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    जसरी पनि गरेरै छाड्छु भन्ने सोचले निर्णय सरल बनाउनेछ। शेयर लगानीमा लाभ प्राप्त हुनेछ। आर्थिक पक्ष सकारात्मक रहनाले नयाँ लगानीमा सहजता हुनेछ। परिवार र आफन्तसँगको जमघटले दिन खुसियालिमा बित्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    रणनीति र सूक्ष्म योजना सफल हुने योग रहेको छ। आफ्नै अहंकारको कारण समकक्षीहरुमा प्रतिस्पर्धात्मक वातावरण देखिन सक्छ। अत्याधिक भावना मनमा आँउनाले थकान महसुस हुनसक्छ त्यसैले ध्यान र आत्मविश्लेषणले मनलाई स्थिर राख्नुहोला। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    भाग्य र समयको साथले कार्य सहजताको वातावरण बन्नेछ। व्यवसाय वा रोजगारीमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। स्वास्थ्यमा सुधार भएतापनि लापरबाहि नगर्नु उत्तम रहला। सहयोगी हात मिल्नाले नसोचेको काम पूरा हुने योग रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    आफैलाई समय दिन नसक्दा कामबाटै दिक्क लाग्न सक्छ। आर्थिक मामलापनि त्यति आजको सन्तोषप्रद दिन नरहला। प्रेमी सँगको भावनात्मक झुकावले सम्बन्धमा समझदारीको वातावरण ल्याउनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ८ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    परिवारसँग राम्रो समय व्यतीत हुनेछ। कार्यक्षेत्रमा मेहनतले गरेको कार्यको प्रतिफल प्राप्त हुनेछ। आफ्नो कल्पनामा डुबेर समय व्यर्थ जान सक्छ सजगता अपनाउनुहोला। धैर्यता र आत्मविश्वासले शान्ति दिनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ४ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    रिसलाई नियन्त्रण राखेर अरुलाई काममा सहयोग गरेर लाभ लिन सकिनेछ अन्यथा बोलिले हुनलागेको काम बिग्रिन सक्छ ध्यान दिनुहोला। आफ्नै भावना जितेर अघि बढ्नु उपयुक्त रहला। आर्थिक पक्ष विचार गर्दा खर्च बढ्न सक्ने सम्भावना भएकाले ध्यान पुर्याउनुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार