२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

पत्रकार महासंघ कुवेतका अध्यक्ष लाई हातपात


५३८७ पाठक संख्या

नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति

  • नवसंकेत अनलाईन
  • २०७४ फागुन ७, सोमबार मा प्रकाशित ७ साल अघि
  • नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतका अध्यक्ष अर्जुन तामाङले सांघातिक आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

    महासंघ कुवेत शाखाका अनुसार २०७४ फागुन ६ गते साँझ अध्यक्ष तामाङले पटकपटक फोन गरी महासंघ कुवेत शाखाका सदस्य सुजन केसीको कोठामा छलफल छ भनी बोलाइ अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण गरेका थिए । आक्रमणबाट घाइते भएका अध्यक्ष न्यौपानेको हाल कुवेतस्थित आदान अस्पतालमा उपचार भइरहेको छ ।

    जिम्मेवार संस्थाको अध्यक्षजस्तो पदमा रहेका व्यक्तिले आफ्नो पदीय हैसियतलाई ख्याल नगरी अर्का जिम्मेवार संस्थाका अध्यक्षमाथि गरिएको यो सांघातिक आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ पत्रकार न्यौपानेमाथि भएको आक्रमणको घोर निन्दा गर्दछ । पत्रकार केन्द्रिय महांसचिब रमेश बिष्ट द्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीको पहल गर्न कुवेतस्थित नेपाली दूतावास, नेपाल सरकार र गैर नेपाली संघ केन्द्रीय समितिको ध्यानाकर्षण गराउँदछ उल्लेख गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार