२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

सरकारि कार्यालयमा गाँजा खेती, निकाय माैन


६०८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ श्रावण २५, शुक्रबार मा प्रकाशित ७ साल अघि
    • धुलिखेल।काभ्रेको जिल्ला सदरमुकाम धुलिखेलमा रहेकाे पशु सेवा बिज्ञकाे कार्यालय हातामा गाँजा खेती फस्टाएकाे छ । सरकारी कार्यालयमा गाँजा खेती माैलाएकाे देख्दा जिल्लावासी चकित खाएका छन् ।

    बिगत बर्षहरुमा गाँजा मुक्त जिल्ला बनाउने भन्दै प्रहरीले जिल्लाकाे कुना कन्दरामा रहेकाे गाँजा नष्ट गर्ने अभियान चलाएकाे थियाे, जस्ले गर्दा दुर्व्यसनिहरुकाे सङ्ख्या कम भएकाे थियाे ।तर पछिल्लाे समएमा अाएर प्रहरीले गाँजाकाे बिषएमा कुनै चासाे नदेखाउदा जिल्लाभरि गाँजा खेती माैलाएकाे छ ।

    जिल्ला सदरमुकाम धुलीखेल र अासपासकाे स्थानमा गाँजा फुलेकाे देख्दा स्थानिएहरु चकित परेका छन् । जिल्ला प्रहरी कार्यालयकाे नजिकै अरनिकाे राजमार्ग धुलिखेलमा रहेकाे प्रहरी बिटकाे छेवैमा सयाै गाजाकाे बाटमा फुल फुलिरहेकाे छ, तर प्रहरीले साे माैलाइ रहेकाे गाँजालाइ टुलु टुलु हेरेकाे पाइन्छ तर नष्ट गर्ने चासाे नदेखाउदा गाँजा व्यवसायिहरु साथै दुर्व्यसनिहरुकाे लागि फाइदा पुगेकाे छ ।

    बिगत बर्षहरुमा गाँजा व्यवसायि तथा दुर्व्यसनिहरु काठमाडौं र अासपासका स्थानबाट समेत काभ्रेमा गाँजा खाेज्न अाउने गरेेेेकाे जसका कारण काभ्रेमा दुर्व्यसनि बढेकाेले अभियानकाे रुपमा नष्ट गर्ने कार्य भएकाे थियाे ।

    हाल खेतबारिकाे डिलडिलमा मात्रै नभएर सार्वजनिक स्थान, सरकारि कार्यालय, राजमार्ग, सडककाे छेउछाउ साथै खाेलाकाे किनारामा गाँजा माैलाएकाे छ । अरनिकाे राजमार्ग साङ्गा देखि दाेलालघाट सम्म, धुलिखेल,बनेपा, पाँचखाल, पनाैती लगाएतकाे काभ्रेको विभिन्न स्थानमा गाँजा फस्टाएकाे देख्दा दुर्व्यसनिकाे सङ्ख्या बढ्ने प्रवल सम्भावना रहेकाे छ ।

    बिगतमा प्रहरीले गाँजा नष्ट गर्दै गर्दाकाे अवस्था

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार