२०८२ माघ २७, मंगलबार | Tue, 10, Feb, 2026

बनेपा– रवि पाँचखाल सडकको शिलान्यास


५१०२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २७, शुक्रबार मा प्रकाशित ६ साल अघि
  • सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बाटो बनाउने ठेकेदारसँग मन्त्री र सांसद हिँडे भने जनताले खबरदारी गर्नुपर्ने बताएका छन् ।

    धुलिखेल नगरपालिका वडा नं. २ रविमा एक घर एक घारा कार्यक्रम अन्तरगत निर्माण भएका धारा उद्घाटन तथा बनेपा– रवि पाँचखाल सडकको शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले विकास निर्माणका कार्य गुणस्तरीय हुनुपर्नेतर्फ इङ्कित गर्दै मन्त्री बाँस्कोटाले जनताले विकासका आयोजनाको अनुगमन गर्नुपर्ने बताएका हुन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले चुनावमा गरेका बाचा पुरा गर्ने बताएका हुन् । मन्त्री बाँस्कोटाले मुलुक विकासमा अघि बढिसकेको बताउँदै वर्षैं सरकारमा बस्नेहरूले केही गर्न नसकेको र वर्तमान सरकार विकासको दिशातर्फ अघि बढेकाले प्रतिपक्षी दल अताल्लिएको बताए । सरकारले १५ महिनामै पाइपलाइनबाट तेल ल्याएपछि २४ वर्ष अघिको योजना भनेर हल्ला पिटाएको समाचार आएको भन्दै प्रतिपक्षले निराधार हल्ला गर्नु निरर्थक रहेको बताए । उनले भने– ‘२४ वर्ष अघिको योजना भनेर हल्ला गरेछन् । २२ वर्ष सरकार चलाउँदा के हेरेर बस्या त ? यो सरकार बनेको १७–१८ महिना भयो । हामीले १५ महिनामा पाइपलाईन निर्माण सम्पन्न गरेर तेल ल्याएर देखाइदियौं ।’

    मन्त्री बाँस्कोटाले संघीय सरकारकातर्फबाट ५ करोड र प्रदेश तथा स्थानीय सरकारको समेत गरी झण्डै ७ करोड बनेपा–रवि–पाँचखाल सडकमा यस वर्ष खर्च हुने गरी काम सुरु भएको भएपनि कालोपत्रे गर्न रकम अपुग हुने हुँदा आगामी बजेटबाट बजेट थप गर्दै तिन वर्षभित्र उक्त बाटो कालोपत्रे गरेर सक्ने बताए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार