२०८२ माघ २७, मंगलबार | Tue, 10, Feb, 2026

सम्मान सहित वडा वडामा संविधान दिवस


४५०७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ४, शनिबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल। संविधान दिवसलाई पाँचखालमा रहेका वडाहरुले छुट्टै तरिकाले संविधान दिवस मनाएका छन् । जसमा वडा नं ७ मा संविधान सम्बन्धि अन्तरक्रिया गर्दै वडामा विकास निर्माणको कार्य गर्ने मध्य उत्कृष्ट तीन उपभोक्ता समितिलाई सम्मान गरेको थियो । जसमा महिलाहरु मात्रैको सहभागितामा बनेको जोर पिप्ले प्रतिक्षालय उपभोक्ता समिति , किटनि घाट ठाडोपाथ्रा फलामे पुल उपभोक्ता समिति र सानो पिप्ले प्रतिक्षालय निर्माण उपभोक्ता समिति रहेका थिए ।

    वडा अध्यक्ष पुष्कर ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको मुल उद्देश्य संविधान दिवस मनाउने साथै संविधानको कार्यान्वयनमा जन चेतना अभियान भनने रहेको थियो । उक्त कार्यक्रममा वाईसिएल काभे्रका अध्यक्ष राजकुमार श्रेष्ठ , पाँचखाल नगर कार्यपालिका सदस्य हरिशरण मिजार, वडा मेलमिलाप संयोजक विमला काफ्ले, ऐरिदेवि महिला सहकारी संस्था अध्यक्ष भगवति अधिकारी, शहरी स्वास्थ्य क्लीनिक प्रतिनिधि निलम कासुला, किटनि कृषि सहकारी अध्यक्ष कल्यांण कुमार राय, समाजसेवि द्वय ध्रुव प्रसाद काफ्ले र मुक्तिनाथ दुलाल लगायतले समग्र वडाको विकास निर्माणमा नागरिकको भूमिका जनप्रतीनिधिहरुको दायित्वका बिषयमा आफ्नो धारणा राख्नु भएको थियो भने कार्यक्रम संञ्चालन वडा नं ७ का वडा सचिव रामशरण कोईरालाले गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार