२०८२ माघ २७, मंगलबार | Tue, 10, Feb, 2026

पाँचखालमा बन्न लागेको विश्व विद्यालयको स्थलगत निरिक्षण गर्दै मन्त्री बाँस्कोटा 


५७४९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ९, सोमबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल,
    सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा आज पाँचखालमा बन्न लागेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालय निर्माणस्थल पुगेका छन् ।
    सोही क्रममा उनले काभ्रेको पाँचखाल नगरपालिका वडा नं ७, १० र १२ मा रहेको जग्गाको स्थलगत निरीक्षण पनि गरेका छन् । सोही क्रममा मुख्य सचिव लोकदर्शन रेग्मी, वन मन्त्रालयका सचिव डा. विश्वनाथ ओली, भूमि व्यवस्था,सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनाली, नमोबुद्ध नगरपालिकाका मेयर टि.पि.शर्मा तिमल्सिना लगायतले पनि स्थलगत निरिक्षण गरेका छन् ।


    काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाका अनुसार प्रविधिकको रिपोर्टमा विश्व विद्यालयको लागि पाँच हजार रोपनी जग्गा आवश्यक पर्छ । सोही रिपोर्टको आधारमा आज मन्त्री बाँस्कोटा सो स्थानको नीरीक्षण गर्नु पुगेका हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार