२०८२ माघ २७, मंगलबार | Tue, 10, Feb, 2026

बस दुर्घटना, ‘१७ शव’ प्राप्त


५८७५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १२, बिहिबार मा प्रकाशित ६ साल अघि
  • पश्चिम नेपालको अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट बुटवलतर्फ गइरहेको यात्रुवाहक बस दिउँसो साढे तीन बजेतिर दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको छ।

    दुर्घटनास्थलको पछिल्लो अवस्थाबारे बुधवार साँझ बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले भने, “यहाँ दुर्घटनास्थलमा घाइते तथा थप कसैको मृत्यु भएको छ कि भनेर स्थानीयबासी तथा सुरक्षाकर्मीले खोजीकार्य गरिरहेका छन्। हालसम्म १७ वटा शव पाइएको छ।”

    १२ जना घाइतेलाई बुटवल पठाइएको उनले बताए। रात परेको हुनाले बत्ती बालेर खोजीकार्य भइरहेको बताइएको छ। निकै अग्लो भीरबाट बस खसेको उनले जनाए।”भिरालो ठाउँ भएकाले खोजीकार्यमा पनि अप्ठेरो परेको थियो,” पौडेलले भने।

    अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट हिँड्दा उक्त बसमा ३१ जना यात्रु चढेको रेकर्ड रहेको तर बीचमा कति चढेको जानकारी नभएको बताइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार