२०८२ माघ २७, मंगलबार | Tue, 10, Feb, 2026

धरान उप-नगरमा काँगे्रसको अग्रता


४०२९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १५, आईतबार मा प्रकाशित ६ साल अघि
  • उपनिर्वाचन अन्तर्गत धरान उप-महानगरपालिकाको प्रमुख पदको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले आफ्नो अग्रता कायमै राखेका छन्।बीस वटा वडा रहेको धरानमा वडा नम्बर १४ र १६ देखि वडा नम्बर २० सम्मको मतगणना सम्पन्न हुँदा कांग्रेस उम्मेदवार राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई ७४५ मतले पछि पारेका छन्।

    नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले ७९१५ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार प्रकाश राईले ७१७० मत प्राप्त गरेका छन्। यसअघिको स्थानीय तहको निर्वाचनमा एमालेले जितेका वडामा समेत कांग्रेसले अग्रता बनाएको छ। अहिले धरानको वडा नम्बर १५ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार