२०८२ माघ २८, बुधबार | Wed, 11, Feb, 2026

आत्म ज्ञान प्रचार संघ द्वारा खाद्यान्न बितरण


१२४०० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र २०, बिहिबार मा प्रकाशित ५ साल अघि
  • धुलिखेल । आत्म ज्ञान प्रचार संघ द्वारा धुलिखेल नगरपालिका वडा नं १२ का अतिन्युन आय स्तर तथा दुइ छाक तार्न समस्या भएका ७५ घर परिवार लाइ खाद्यान्न बितरण गरेको छ ।

    लकडाउनका कारण ज्याला गरि खानपानको ब्यवस्था गर्न कठिन भएका दैनिक ज्याला मजदुरी गरेर मात्र खान पुग्ने स्तरका घर परिवारलाई लक डाउनका कारण भोकै रहन नपरोस् भन्ने उदेस्यले दाल,चामल,तेल,चिनि नुन ,चिउरा र साबुन समेत बितरण गरिएको आत्म ग्यान प्रचार सघका प्रतिनिधि डा,प्रेमराज ढुङ्गेलले जानकारी दिनुभयो ।

    धुलिखेल नगरपालिका वडा नं १२ का वाड अध्यक्ष हर्क बहादुर तामाङ लगाएतको समन्वयमा अत्यन्त गरिब परिवारलाई राहत स्वरुप लक डाउन अवधिभर खान समस्या नहोस् भन्ने उदेस्यले ती अत्यावश्यक खाध्य सामाग्री स्थाीय जन प्रतिनिधि ,प्रहरी,पत्रकार तथा समाजसेवीको रोहबरमा आत्म ग्यान प्रचार संघ कभ्रेका कोशाध्यक्ष बिनोद कुमार अधिकारीले बितरण गरेका हुन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार