२०८२ माघ २८, बुधबार | Wed, 11, Feb, 2026

युवाहरुको पहलमा भट्टाका मजदुरहरुलाई घर पठाईयो


५२०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख १०, बुधबार मा प्रकाशित ५ साल अघि
  • राजकुमार श्रेष्ठ
    काभ्रे । काभ्रे जिल्लाको पाँचखाल नगरपालिका वडा नं ७ मा रहेको इट्टा भट्टाहरुमा मजदुरी गर्ने मजदुरहरुलाई आ—आफ्नो घरमा पठाउने कार्यमा युवाहरु जुटेका छन् ।

    घरमा जान नपाएर पिडामा छटपटिई रहेका मजदुरहरुलाई राष्ट्रिय युवा संघ तथा काभ्रे जिल्ला सदस्य अमित लामा,साबिक अनेरास्ववियु (क्रान्तिकारी ) का उपाध्यक्ष दिपेश पुन, नेकपा काभ्रे जिल्ला सदस्य तथा राष्ट्रिय युवा संघ काभ्रे जिल्ला सह संयोजक राजकुमार श्रेष्ठ, काभ्रे जिल्ला सदस्य तथा पाँचखाल न.पा वडा न ७ का वडा अध्यक्ष पुष्कर ढकाल, राष्ट्रिय युवा संघ ,पाँचखालका प्रताप लामा लगाएतको पहलमा ईट्टा भट्टाका मजदुर हरु लाई रोल्पा ,रुकम,दाङ पठाउने कार्यमा सघाएको थियो ।

    हिजो मंगलबार ६ वटा गाडिको व्यवस्था गरि १ सय ५० जना मजदुरहरु पठाईयो थियो । त्यसैगरी आज बुधबार नेकपा काभ्रे जिल्ला सदस्य तथा राष्ट्रिय युवा संघ काभ्रे जिल्ला सह संयोजक राजकुमार श्रेष्ठको पहलमा बिर हनुमान इट्टा भट्टाका मजदुरहरुलाई दुई यात्रुबाहक वस मार्फत आ—आफ्नो घर पठाउने कार्य भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार