२०८२ माघ २८, बुधबार | Wed, 11, Feb, 2026

सहकारीले व्याजमा दश प्रतिशद छुट


४७४९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख १७, बुधबार मा प्रकाशित ५ साल अघि
  • काभ्रे । कोरोना भाइरसको कारण विश्वमा फैलिएको महामारीबाट जोगिनको लागि सरकारले चैत्र ११ गतेबाट बन्दाबन्दि (लकडाउन) गरेको छ, जसका कारण सहकारीका शेयर सदस्यहरुलाई समस्या परेकोले पाँचखालमा रहेको आर्थिक विकास बचत तथा ऋण सहकारी संस्थाले व्याजमा १० प्रतिशत छुट दिने भएको छ ।

    संस्थाको संञ्चालक समितिका अध्यक्ष सरोज सापकोटाको अध्यक्षतामा आज (बुधबार) बसेको बैठककले उक्त निर्णय गरेको हो । बैठकले बन्दाबन्दिको समयमा किस्ता नतिरी जरीवाना लागेको भएका शेयर सदस्यहरुको समेत जरिवाना पुरै छुट दिने निर्णय गरेको छ । बन्दाबन्दिको समय भन्दा अगाडीनै भाखा नाघेको भएमा पनि त्यस्ता सदस्यलाई समेत छुट दिने निर्णय भएको संस्थाका कोषाध्यक्ष राजन कार्कीले जानकारी गराउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार