२०८२ माघ २८, बुधबार | Wed, 11, Feb, 2026

दयनिय अवस्थामा क्वारेन्टाईनमा बस्न विवस छन् नेपाली


४९२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ३१, शनिबार मा प्रकाशित ५ साल अघि
  • सुर्खेत – कोरोनाबाट जोगिन उनी गाउँ पुगे। बाहिरबाट गएका कारण उनलाई क्वारेन्टिनमा राखियो। आफूमा संक्रमण भए पनि क्वारेन्टिनमा उपचार पाउने उनको आस थियो। तर, उनले न उपचार पाए न त राम्रो खानपान नै। भद्रगोल व्यवस्थापनका कारण जुम्लाको चन्दननाथका रामसिंह सुनारको क्वारेन्टिनमै ज्यान गयो।

    नगरपालिकाले वडा नम्बर ८ तलिउमस्थित एक स्कुलमा क्वारेन्टिन बनाएको छ। आफन्तलाई संक्रमण हुने त्रास र आफ्नो ज्यान जोगाउन रामसिंह त्यहाँ बस्न सहमत भएका थिए। तर, जेठ २३ गते क्वारन्टिनमै उनको ज्यान गयो। बर्दियाबाट फर्किंदै गरेका उनी घर पुग्नै पाएनन्।
    कर्णालीमा क्वारन्टिनको व्यवस्थापन नहुँदा त्यहाँ बसेका व्यक्तिको ज्यानै जान थालेको छ। रोगबाट जोगाउन र सुरक्षित राख्न बनाइएका अधिकांश क्वारेन्टिनले नै ‘मान्छे खान’ अर्थात् ज्यान लिन थालेका हुन्।
    कालिकोटमा पनि क्वारन्टिनबाट बिहीबार मात्रै घर पठाइएका नरहरिनाथ गाउँपालिका–१ का काले विष्टको बाटोमै ज्यान गएको छ। उनी शुक्रबार बाटोमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षराज जोशीले बताए। क्वारन्टिनबाट उचित व्यवस्थान नगरी घर पठाइँदा उनले आँगन टेक्नै पाएनन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा ललितबहादुर बुढाले लेखेका छन् ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार