काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पुरातात्विक एवं ऐतिहासिक पलाञ्चोक भगवती मन्दिर परिसरमा नेकपा माओवादी केन्द्र पाँचखाल नगर कमिटी र वाइ.सि.एल पाँचखाल नगर कमिटीको संयुक्त आयोजनामा सरसफाइ कार्य भएको छ ।
प्रत्येक बर्षको बुद्ध जयन्ती (चण्डे पुर्णीमा) को अवसरमा दुई दिनसम्म लाग्ने मेलाको अवसरमा सरसफाइ गरी भक्तजनहरूलाई सहजता दिलाउने उद्देश्यले उक्त कार्यको आयोजना गरेको नेकपा माओवादी केन्द्र पाँचखाल नगर कमिटीका अध्यक्ष रमेश राज गिरीले जानकारी गराउनु भयो । उहाँले थप्नुभयो “नेकपा माओवादी केन्द्रको प्रमुख उद्देश्य भनेको सामाजिक हितको लागि कार्य गर्ने हो ।” हामी सोही अनुसार हर क्षेत्रमा अगाडि बढ्छौ जुन कार्यले आम जनतालाई थोरै भएपनि सहयोग मिलोस् ।
सरसफाइ कार्यको विषयमा सोधिएको प्रश्नको जवाफमा अध्यक्ष गिरीले भन्नुभयो— नेपालमा रहेका ऐतिहासिक धरोहरहरूको संरक्षण गर्नु हाम्रो दायित्व हो । आज पलाञ्चोक भगवती मन्दिरमा सफाइ गरेर यो कार्यलाई निरन्तरता दिदैँ आएका छौँ । यहाँमात्रै हैन पाँचखालमा रहेका अन्य ऐतिहासिक धरोहरमा सरसफाइ साथै संरक्षण गर्दै आएका छौं र निरन्तरता दिन्छौं ।
नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला कमिटी इन्चार्ज एवं केन्द्रिय सदस्य तेज बहादुर मिजारको प्रमुख उपस्थिति तथा बागमती प्रदेश कमिटी सदस्य आइत सिं तामाङको विशेष उपस्थितिमा सरसफाइ कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस