सुशील वन्जारा
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा शाखाको रुपमा सञ्चालित सक्सेस एब्रोड स्टडीले ‘एप्लिकेशन डेको आयोजनागर्ने भएको छ ।
यहि जेठ २२ गते बिहीबार बिहानको ९ बजेदेखि कार्यक्रम सञ्चालन हुने बनेपा शाखाले जनाएको छ । कार्यक्रममा सहभागीहुने विद्यार्थीमध्ये एक सय जना विद्यार्थीलाई तयारी कक्षामा शतप्रतिशत छात्रवृत्ति प्रदान गरिने जानकारी प्राप्त भएको छ । त्यसैगरी सो कार्यक्रमको अवसरमा २० जना विद्यार्थीलाई विशेष उपहारको व्यवस्था गरिने भएको छ ।
‘एप्लिकेशन डेमा कक्षा १२ को परीक्षा दिएर बसिरहेका विद्यार्थीहरु सहभागी भएर उपलब्धिमुलक जानकारी लिन सकिने सक्सेस एब्रोड स्टडीका सिईओ उद्धव प्रसाद तिमल्सिनाले जानकारी गराउनु भयो ।
वैदेशिक अध्ययनका लागि जापान, अस्ट्रेलिया, क्यानडा, कोरिया, अमेरिका लगायतका देशहरुमा जान चाहने विद्यार्थीहरुकालागि विशेष दिन हुने विश्वास लिइएको आयोजक पक्षले जनाएको छ ।
भाषा तयारी कक्षाका लागि ‘एप्लिकेशन डेमा भर्ना हुने विद्यार्थीहरुले विशेष अवसर पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी अनुभवी परामर्श दाताद्धारा परामर्श लिई विद्यार्थीले आफू जान चाहेको देश, त्यहाँको विश्वविद्यालय बारे बुझ्न सक्नेछन् ।
सक्सेस एब्रोड स्टडी बनेपाले विगत ८ वर्ष देखि विद्यार्थीहरुलाई विश्वसनिय र भरपर्दाे परामर्श सेवादिँदै आएको छ । यो बनेपा शहर मध्येकै एक अग्रणी शैक्षिक परामर्श संस्था मध्येमा पर्छ ।
यस संस्थाले विश्वमा ख्याति प्राप्त जापान, अष्ट्रेलिया, क्यानडा, दक्षिण कोरीया, युके, युएसए, डेनमार्कका विश्वविद्यालय र क्याम्पसहरुमा पठाउने गरेको छ । अन्तर्राष्ट्रिय स्तरको शिक्षामा उडान भर्नमा विद्यार्थीहरुलाई सहजीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सक्सेस एब्रोड स्टडी बनेपाले आई ई एलटी एस, पिटीई, डुओलिङ्गोका तयारी कक्षा सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस