२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

काभ्रेपलाञ्चोकमा मानसिक रोगीलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था 


८९७१ पाठक संख्या
  • २०८२ जेष्ठ २४, शनिबार मा प्रकाशित ८ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिकाले पालिकावासिहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तनको थालनी गरेको छ ।

    पालिका प्रमुख रेणुका चौलागाईसंगको भेटको क्रममा पालिकाले पहिलो प्राथमिकता नागरिकको स्वास्थ्यलाई दिएको बताउनु भयो । उहाँले वताउनुभयो —पालिकाले पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्रलाई दिएको छ । हाम्रो प्रमुख उद्देश्य भनेको पालिका वासीलाई निरोगी राख्नु हो ‚ स्वस्थ नागरिक हुनु आजको आवश्यकता हो हामी सोही अनुसार अगाडि बढेका छौँ ।

    पालिकाले धेरै उल्लेख्य कार्यहरू गरेको छ ‚ ति मध्य एउटा स्वास्थ्य क्षेत्र पनि हो । “आँखा नै जीवन हो ” त्यसैले अन्य स्वास्थ्यको साथमा आँखाको उपचारलाई पनि प्राथमिकता दिएका छौँ । प्रत्तेक वर्ष शिविर सञ्चालन गरि नि:शुल्क मोतियाबिन्दु अप्रेसन गर्दै आएका छौं । विगत अप्रेशनको लागि बनेपा काठमाडौँ पठाउँथ्यौँ ‚ यो वर्षबाट चौरी देउरालीमै गर्ने व्यवस्था मिलाएका छौँ ।

    शिविरमा एक सय बर्स सम्मकोले आँखाको समस्या लिएर आउनु भएको छ । कोही त दुवै आँखा नदेखने पनि । त्यस्ता आखा नदेख्नेको अप्रेसन गरेर आँखा देखिएको छ । यो वर्ष ११७ जनाको अप्रेसन गर्ने लक्ष छ ‚ खाने बस्ने व्यवस्था समेत गरेका छौं । पालिका अध्यक्ष चौलागाइँले थप्नुभयो —पालिकाले मानसिक रोगलाई पनि त्यतिकै प्राथमिकता दिएका छौँ । सो समस्या भएकाहरूको समयमै सहज ढङ्गबाट उपचार गरेर आत्महत्या जस्ता घटनालाई निर्मूल गर्नु छ ।

    यतिखेर १३८ जना मानसिक रोगीलाई नि:शुल्क औषधि प्रदान गरेको छौँ साथै मनोरोग परामर्शदाताले घरघरमै पुगेर रोगी एवं परिवारका सदस्यलाई परामर्श गर्ने वातावरण मिलाएका छौँ । रोगले ग्रसित भएकाहरू ३८ जनालाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था समेत गरेका छौं । जसको कारण रोगीको पहिचान गर्न थप सहज भएको छ । सुत्केरी हुने महिलाहरू जोखिममा नपरून् भन्ने उद्देश्यले स्वास्थ्य चौकीमै सुत्केरी गर्ने व्यवस्था मिलाएका छौं जसको लागि ती वटा एम्बुलेन्सको व्यवस्था गरेका छौं ।सरकारले नि:शुल्क उपलब्ध गराउने ९८ प्रकारको औषधिमा १८ प्रकारको थप गरि पालिकावासिलाई औषधि उपलब्ध गराउँदै आएका छौं ।

    कृषकहरूको हित साथै हौसलाको लागि अध्यक्षसँग कृषक अभियान चलाएका छौँ । जसको क्रममा नेपाल सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको रासायनिक मल ढुवानीको व्यवस्था पालिकाले गर्दै आएको छ । पालिकालाई निर्धारण भएको कोटाको मल सहकारी माफर्त खरिद गरेर ल्याइन्छ र सो ल्याँउदा लाग्ने ढुवानी खर्च पालिकाको तफर्बाट व्यहोरिने व्यवस्था मिलाएका छौं । कृषकहरुलाई खेतीको लागि हौसला प्रदान गर्दा कृषि कर्म आकर्षक बनेको छ ।

    अखवरे खुर्सानी खेतीले एक घरपरिवारले २० लाख सम्म आम्दानि गर्न सफल हुनुभएको छ । रैथाने वालि संरक्षण तथा विउ उत्पादनमा जोड दिएका छौं । रैथाने विउ उत्पादन गर्ने क्रममा गहुंको विउ उत्पादन तथा विक्रिको वातावरण मिलाएका छौं । कोइका नामक संस्थाले कृषि उपजहरु ढुवानीको लागि गाडिको व्यवस्था गरेका छौं साथै कृषि औजार अनुदानमा वितरण गर्दै पिठो पिध्नको लागि टाडा पुग्नु पर्ने अवस्थाको अन्त्य गरेका छौं ।

    त्यसैगरी शिक्षा तफर् कमाउदै पड्दै गर्ने वातावरण मिलाएका छौँ । आधुनिक गुणस्तरिय शिक्षाको लागि सहज वातावरण मिलाउनाको साथै विद्यार्थीहरुका सहजताको लागि आवासको व्यवस्था समेत मिलाएका छौं । खानेपनीको लागि पालिकाको कुल वजेटको १० प्रतिशत व्यवस्था गरि पालिकावासिमा खानेपानीको सहज व्यवस्था मिलाएका छौँ ।

    गत असोजमा ५२ बर्ष पछाडिको ठुलो विपद आयो ‚ जसले गर्दा ठुलो धनजनको क्षति मात्रै हैन दुइ जनाको ज्यान गयो । सो दुखद विपदले गर्दा हिन्दुहरुको महान पर्वको रुपमा मनाईने दशैमा आएको विपदले थप समस्या नपरेको हैन । विपदलाई सामाना गर्दै पालिकावासि थाथै छिमेकि जिल्लालाई समेत सहज रहोस भन्ने उद्देश्यले दशैको मुखैमा पालिकाको तफर्वाट गर्नुपर्ने कार्यलाई अहोरात्र निरन्तरता दिदा दशैमा यातायातको सुचारु गर्ने कार्य गर्न सफल भएका थियो ।

    जसको कारण रामेछाप जिल्लाले खु:सि व्यक्त गरेको थियो । गत बर्षको जस्तै विपद पुन आउन सक्ने सम्भावना रहेकोले पालिकाको तफर्बाट विपत व्यवस्थापनिको लागि तयारी रहेका छौं । पालिका वासीलाई जे जस्तो समस्या आएपनि समाधानको लागि हामी तयारी अवस्थामा छौं । पालिका प्रमुख चौलागाईले बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार