
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको कृषि नगरीको रुपमा रहेको पाँचखाल नगरको सत्रौँ नगर सभा तथा बजेट अधिवेशन आज वाट सुरु भएको छ । सभामा नगर प्रमुख महेश खरेलले आगामी वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने उपप्रमुख सुर्य माया दनुवारले आ.व ८२/८३ को लागि प्रस्तावित प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
१५४ बुंदाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख खरेलले विगतको नीति तथा कार्यक्रमलाई निरन्तरता दिदै आ.व ०८२/८३ मा कृषि ‚ वन ‚ शिक्षा ‚ स्वास्थ्य ‚ पर्यटन ‚ विपन्न बर्गको संरक्षणलाई प्राथमिकता दिनुभएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख खरेलले पाँचखाल नगरको मुख्य आर्थिक आधारको रुपमा रहेको कृषि क्षेत्रलाई आधुनिक र व्यवसायिक बनाउँदै यान्त्रिकीकरण तथा विशिष्टीकरणमा उच्च प्राथमिकता दिइने बताउनु भयो । नगरको दिगो कृषि विकासका लागि नेपाल सरकार‚ प्रदेश सरकार एवम् सम्बन्धित गैरसरकारी संघ–संस्थाहरु सँग सहकार्य गरिने । कृषि क्षेत्रमा बढिरहेको विभिन्न रसायन तथा विषादीको बिक्री वितरण तथा प्रयोगलाई नियमन तथा व्यवस्थापन गरिनेछ । नेपाल सरकारले बिक्रीवितरण गर्न निषेध गरेका विषादीहरुको प्रयोगलाई कानुनी दायरामा ल्याई नियन्त्रण गरिने ।
गैरसहकारी संघ सस्था‚ कृषि सहकारी संस्था लगायतका सङ्घ संस्थाको सहयोग एवम् साझेदारीमा नगरका सवै वडामा थप प्रभावकारी रुपमा आइ.पि.एम पाठशाला सञ्चालन गरिनेछ । कृषिमा जैविक मल‚ जैविक विषादी लगायत जैविक तथा प्राङ्गारिक प्रविधिमा प्रोत्साहन गर्दै पाँचखाल नगरलाई दिगो कृषि शहरको रुपमा स्थापित गरिने बताउनु भयो ।
कृषक तथा उपभोक्ताहरूको हितलाई मध्यनजर राख्दै आगामी आ.व.मा विषादी अवशेष द्रुत विश्लेषण (विषादी परीक्षण) गरी कृषक समुह‚ कृषि सहकारी तथा अन्य कृषि संस्था सँगको साझेदारीमा विषादी परिक्षण र प्रमाणीकरण‚ कृषि उत्पादनको ग्रेडिङ‚ प्याकेजिङ्ग‚ लेभलङ्गि गरी काठमाण्डौं उपत्यकाका स्थानीय तहसँग समन्वय गरी सम्भाव्य बजारसँग आवद्ध गरी कृषि वस्तुको मूल्य अभिवृद्धि गरिने बताउनु भएको छ ।
नगरवासी युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले युवाहरूलाई कृषि कर्म तर्फ आकषिर्त गरी स्वदेशमै कृषि उद्यम गर्न सहयोगको लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने । स्थानीय वित्तीय संस्था‚ सहकारी संस्था माफर्त विपन्न कृषकहरूलाई ५० हजार सम्मको कृषि ऋणमा निश्चित प्रतिशत व्याज अनुदान दिने उल्लेख भएको छ ।
पाँचखालमा रहेको सामुदायिक बनहरुबाट दीर्घकालिक रुपमा अरबौँको आन्तरिक आम्दानिको स्रोत व्यवस्थापन गर्न फलफुल जडिवुटी तथा उच्च मुल्यका आयमुलक जातका विरुवाहरु बृक्षारोपन गरीने । स्वास्थ्यको क्षेत्रमा फार्मेसि सहितको अस्पताल संचागन गरि निःशुक्ल स्वास्थ्य सेवा सुविधा प्रदान गर्नाको साथै आयुर्वेद प्राकृतिक चिकित्सा तथा योग कार्यक्रम सञ्चालन गरिने ‚ नगरभित्रका ७० बर्ष माथिका जेष्ठ नागरिकको त्रैमासिक रुपमा स्वास्थ्य परिक्षण गरि निःशुल्क औषधि व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नगर सभामा उपप्रमुख सुर्य माया दनुवारले ०८२/०८३ को लागि ८२ करोड ५१ लाख ८४ हजार ८०२ रुपैयाको बजेट प्रस्तुत गर्नुभएको छ । जसमा नगरस्तरीय योजना तथा कार्यक्रम ९ करोड २० लाख ‚ वडा स्तरिय योजना ५ करोड २० लाख ‚ बिषयगत ‚ क्षेत्रगत शाखागत कार्यक्रम ५ करोड ५० लाख रहेको छ । जम्मा पुंजिगत कार्यक्रमखर्च २९ करोड ३६ लाख ८८ हजार ८०२ ‚ प्रशासनिक चालु १५ करोड ‚ शशर्त योजना ३८ करोड १४ लाख ९६ हजार ‚ रहेको छ ।
सत्रौ नगरसभामा नगर प्रवक्ता एवं वडा नं ८ को वडा अध्यक्ष संजय तमाङ ‚ वडा नं १० का वडा अध्यक्ष नारायण प्रसाद सापकोटा ‚ वडा नं १ को वडा अध्यक्ष जय वहादुर तमाङ ‚ वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलाल लगायतले आ—आफ्नो धारणा राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस