२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

नापी कार्यालय प्रमुखलाई मोसो दलेको आरोपमा एक जना पक्राउ


५२७९ पाठक संख्या
  • २०८२ श्रावण २८, बुधबार मा प्रकाशित ६ महिना अघि
  • २८ साउन, चितवन । चितवनको खैरहनी नगरपालिकामा रहेको नापी कार्यालयका प्रमुख शालिग्राम लम्साललाई मोसो दलेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा नेकपा बहुमत चितवन जिल्ला सेक्रेटरी ध्रुव खड्का रहेका छन् । उनलाई प्रहरीले मंगलबार साँझ नै पक्राउ गरेको हो ।

    मंगलबार दिउँसो सेवाग्राहीका रुपमा आएका दुई जना युवाले नापी कार्यालयका प्रमुख लम्सालमाथि मोसो छ्यापेर भागेका थिए । यता नेकपा बहुमतले भने खड्कालाई प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरिएको भन्दै रिहाइ गर्न माग गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार