३० भदौ, काठमाडौं । सोमबार नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले शपथ लिएका हुन् ।
खनाललाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ भने घिसिङलाई ऊर्जा, भौतिक योजान र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष उनीहरूले शपथ लिएका हुन् ।
प्रधानमन्त्रीको शपथ ग्रहणमा नदेखिएका राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल मन्त्रीहरूको शपथ ग्रहणमा भने देखिए ।
प्रतिक्रिया दिनुहोस