२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

बस दुर्घटना हुँदा ३६ जना घाइते


५२७९ पाठक संख्या
  • २०८२ आश्विन १८, शनिबार मा प्रकाशित ४ महिना अघि
  • बुटवल । धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको वनकसवासामा दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।

    ना ८ ख ५७०३ नम्बरको बस आज बिहान सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा परि २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

    घाइतेमध्ये १५ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको छ भने २० जनाको उपचार चन्द्रौटा–स्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।दुर्घटनाको कारण बस सडक छेउमा पल्टिएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार