२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर काभ्रेपलाञ्चोकमा एक महिलाको मृत्यु


६०३३ पाठक संख्या
  • २०८२ आश्विन १९, आईतबार मा प्रकाशित ४ महिना अघि
  • १९ असोज, काभ्रेपलाञ्चोक । काभ्रेको रोशीमा सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर एक महिलाको मृत्यु भएको छ ।

    आइतबार अपराह्न ४ बजेतिर रोशी गाउँपालिका–११ स्थित भैंसेमा सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर ५६ वर्षीया बिमलादेवी तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

    बिमलादेवी घर नजिकै लुगा धुन जाने क्रममा पहिरोसँगै आएको ढुंगाले लागेर मृत्यु भएको थियो । कार्कीका अनुसार प्रहरी घटनास्थलमा पुगेको जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार