२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

आज रातिदेखि भारी वर्षाको सम्भावना


६०८५ पाठक संख्या
  • २०८२ कार्तिक १३, बिहिबार मा प्रकाशित ३ महिना अघि
  • काठमाडौँ — बिहीबार दिनभर मध्यम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार २४ घण्टामा ४० मिलिमिटर वर्षा भएको हो ।

    यसलाई मध्यम वर्षा भनिन्छ, ५० मिलिमिटर वर्षा पुगेपछि मात्रै भारी वर्षा भन्न मिल्छ,’ विभागका मौसमविद् सञ्जीव अधिकारीले भने, ‘आज रातिबाट भने भारी वर्षा हुने सम्भावना छ ।’

    आज दिनभर बागमती, कोशी, मधेश प्रदेशलगायत क्षेत्रमा मध्यम वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनीमा स्थान विशेष फाटफुट पानी परेको उनले जानकारी दिए । गण्डकी, बागमती प्रदेशका उच्च हिमाली भेगमा हिमपातसहितको बर्सात भएको छ ।

    बुधबारदेखि परेको वर्षा शनिबारसम्म रहने मौसम विज्ञान विभागले जनाएको छ । यसका लागि सर्तकता अपनाएर सुरक्षित हुन आह्वानसमेत गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार